मनकारी मेयर देबकुमार नेपालीले ब्यक्तिगत खर्चमा एम्बुलेन्स किनेर नगरपालीकालाई दिए
जसिन्द्र श्रीपाली, काठमाडौं मंसिर २५
ढोरपाटन नगरपालिका बाग्लुङका मेयर देवकुमार नेपालीले ब्यक्तिगत खर्चमा एम्बुलेन्स किनेर नगरपालिकालाई हस्तान्तरण गर्ने भएका छन । मेयर नेपालीले आफू उमेदवार हुनेबेला जनतालाई गरेको बाचा मध्य यो अन्तिम बाचा भएको बताउनु भएको छ। पश्चिम् बाग्लुङमा एम्बुलेन्सको अभाव भए संगै आफुले जनतामुखी बनेर एम्बुलेन्स हस्तान्तरण गर्न लागेको बताउनुभएको हो ।
मेयर नेपालीले इन्टभ्यु नेपाल संग बोल्दै भन्नुभएको छ म नगरबासिको दुखको निमित्त जस्तोसुकै परिस्थितिको समेत सामना गर्न तयार छु , मैले यो भन्दा पहिलेपनी सुत्केरी , अशक्त र वृद्ध हरुको निमित्त पटकपटक ब्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत उद्वार गरेको जानकारी दिनुभएको छ।
राजस्व छुट गरि ११ लाख ५७ हजार खर्चमा खरिद गरिएको एम्बुलेन्स नेपाल ल्याएर थप ब्यवस्थापन गर्दा करिव १२ लाख बराबर खर्च भएको र उक्त खर्च सबै मेयर नेपालीको ब्यक्तिगत...









