Friday, April 19
Shadow

प्रधानमन्त्री ओलीले गरे राप्रपा सांसद लिङ्देनलाई फोन


  • -इ
  • इ+

काठमाडौ, मंसिर २६
प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । शुक्रबार बिहान लिङ्देनलाई फोन गरेर उनले शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् ।

ओलीको फोन लिङ्देनका छोरा स्वाधीनले उठाएका थिए । उनका अनुसार फोनमा ओलीले कुनै समस्याबारे आफूलाई खबर गर्न भनेका छन्।

लिङ्देनका स्वकीय सचिव छत्र कडायतका अनुसार हाल लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । बिहीबार निमोनिया भएको पुष्टि भएपछि झापाको विएण्डसी अस्पतालबाट उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

अक्सिजन लेभल कम भएकाले उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । कडायतका अनुसार शुक्रबार बिहान लिङ्देनको अवस्था बुझ्न पार्टी अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीसमेत अस्पताल पुगेका छन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि केही दिन अघि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares