Thursday, April 25
Shadow

नुवाकोटको दुई सहित स्वयम्भूबाट गैंडाको खागसहित पाँच जना पक्राउ


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २६
स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो।

अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो।

पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ छन्।

त्यस्तै नुवाकोट मेघाङ गाउँपालिका-६का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ छन्।

बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares