तमानखोलाको शान्ति मा.वि र बिष्णु आधारभुतमा २ लाख बराबरको पुस्तक हस्तान्तरण
जसिन्द्र श्रीपाली, काठमाण्डौं
तमानखोला गाउपालीका ५ खुंखानीमा अबस्थित शान्ति माबिका शिक्षक हिरा बहादुर छन्त्यालको पहल र सोहि बिधालयमा ७ वर्ष अध्यापन गराई हाल म्याग्दिमा अध्यापन गराई रहनु भएका शिक्षक तेज प्रसाद लामिछानेको सक्रियतामा शान्ति माबि बिद्यालय खुंखानी लाई ६ सय थान पुस्तक र बिष्णु आधारभुत बिद्यालय नर्जाखानीमा ५ सय थान पुस्तक हस्तान्तरण गरिएको हो।
उक्त पुस्तक शिक्षक लामिछानेले Education for life (Norway_ नामक संस्था संग सहयोग अपील गरि बिधालय परिवार लाई हस्तान्तरण गर्नु भएको हो । बिद्यालयका प्र.अ. शत्यनारायण सिंह आकाश ले लामो समय सम्म बिधालयमा पुस्ताकालय भएता पनी प्रभावकारी ढंगबाट संचालन हुन नसकेको बेलामा तेज प्रसाद सरको सहयोगले बिद्यालय परिवारलाई थप उत्साहित बनाएको बताउनु भएको छ । शिक्षाले मात्रै मानिस र समाज दुबैको चेतनास्तरमा परिर्वन ल्याउने र समाज परिर्वन गर्न सकिने भएकोले प...









