नेकपा र सूर्य चिह्न कसको होला ?
काठमाडौं , पुस ९ । पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला रु विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्–
१. ओली समूहको
२. दाहाल–नेपाल समूहको
३.कसै न कसैको (निलम्बन हुने)
यसका आधारमा तीनै किसिमका वस्तुस्थिति छन्–
१. ओलीतिर प्रथम अध्यक्ष र महासचिव सहितको निर्णय छ।
२.दाहाल–नेपालतिर साविक केन्द्रीय कमिटीको बहुमत छ।
३. मनोनीतबाटै चलिरहेको दलमा ओलीतर्फ थप सदस्य मनोनयन गरिएका ९४४६ बाट ११९९ पु¥याइएका) छन्, जसको बहुमत उक्त खेमामा पुग्छ।
दुवै खेमा निर्वाचन आयोग पुगेका छन्। यसको निक्र्योल अब आयोगले गर्नेछ। त्यसमा कुन तहका नेता र कुन केन्द्रीय समितिलाई आधार मान्ने भन्ने उसैले विश्लेषण गर्नेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।
निर्वाचन विज्ञहरू पहिला कुन केन्द्रीय समिति आधिकारिक भन्ने टुंगो लगाएर मात्र आधिकारिकता प...









