Tuesday, April 16
Shadow

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे : जनास्वथ्यवीद समिर


  • -इ
  • इ+

काठमाण्डौँ, पुष ८

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे:बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ। यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ।

हाल महामारी ल्याएको कोरोना भाइरसको तुलनामा नयाँ प्रजातिको संक्रामक दर ७० ५ बढी देखिएको बेलायती वैज्ञानिकहरुले बताएका छन्। यसको मृत्युदर पहिलेको तुलनामा धेरै छ कि, उस्तै छ कि थोरै छ भन्ने बिषय अध्ययन गर्न बाँकी छ।

म्युटेसन भएर आएको यो प्रजातिको स्पाइक प्रोटिन  जसले भाइरसलाई हाम्रा कोषभित्र पुर्याउने काम गर्छ, पहिलेको भन्दा फरक भएको जनाइएको छ। यो फरक प्रजातिमा हाल बिकास भएका खोपले काम गर्छन् कि गर्दैनन् भन्ने द्विविधा उत्पन्न भएको छ।

कोरोना भाइरस यसरी म्युटेसन हुँदै जाने हो भने फ्लुको जस्तै खोपलाई संसोधन गर्दै प्रत्येक बर्ष लगाइरहनु पर्ने हुनसक्छ। त्यस्तै नयाँ प्रजाति फैलियो भने पहिले संक्रमण भएर निको भएका व्यक्तिको एन्टिबोडीले काम नगर्न सक्छ।
अहिले बेलायतसंग संसारले नै हवाइ सम्पर्क बिच्छेद गरेको छ भने सिमाना जोडिएको फ्रान्सले ४८ घन्टाको लागि आवतजावत बन्द गरेको छ  यसले गर्दा खाधान्न तथा औषधि बोकेका हजारौं लरी सडकमा फसेका छन् । WHO लगायत अन्तराष्ट्रिय संघसंस्थाहरुले यो प्रजातिको कोरोना भाइरसको अध्ययन सुरु गरेका छन्। केहि दिनमै यो प्रजातिको धेरै विवरण आउने अपेक्षा गर्न सकिन्छ।यो महामारीबाट बच्ने प्रमुख उपाय नै जनस्वास्थ्यका मापदण्डलाई जीवनशैली बनाउनु हो  सहि तरिकाले अनिबार्य रुपमा मास्क लगाउने, २ मिटरको दुरी कायम गर्ने, भीडभाड नगर्ने, भेन्टिलेसन कायम गर्ने तथा हातको सफाई र अनुशाशन कायम गर्ने हो भने परिवर्तित प्रजातिबाट पनि बच्न सकिन्छ।
त्यस्तै महामारीको समयमा सामना गर्नुपर्ने कठिन परिस्थितिमा आत्मबल तथा मानसिक शक्ति प्रबल गराउनु जरुरी हुन्छ।

जनास्वथ्यवीद रविन्द्र समिर

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares