Friday, April 19
Shadow

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भोलिदेखि इलेक्ट्रोनिक टोकन सिस्टम लागू हुने


  • -इ
  • इ+

काठमाडौं, पुस ८ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भोलिदेखि इलेक्ट्रोनिक टोकन सिस्टम लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा टोकन जडान गरिएसँगै यस्तो नियम लागू हुने भएको हो ।

कार्यालयका सेवाग्राहीको बढी चाप हुने , नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र शाखामा यो व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । अब बाट कार्यालयमा सेवा लिन आउनेले टोकन लिई आफ्नो टोकनको पालो आएपछि मात्रै सम्बन्धित फांटमा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

टोकन सिस्टम लागू भएपछि अब भने लामो समय सम्म लाइन बसीरहनु पर्ने छैन । यस सिस्टमले हालको कोरोना संक्रमणको अवस्थामा भीडभाडमा कमी आउने र सेवा प्रवाहमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

साथै जिल्ला प्रशासन कार्यालय नुवाकोटले यस कार्यमा सहयोग गरेको भन्दै एनआइसी एशिया बैंकलाई विशेष धन्यवाद दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares