Thursday, April 25
Shadow

नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने एक जना पक्राउ, प्रतिव्यक्ति ७ लाख लिएको खुलासा


  • -इ
  • इ+

काठमाडौं , पुस ७ । नक्कली परीक्षार्थी बनि ईपिएस परीक्षा दिने धरानका एक जना पक्राउ परेका छन् ।

विभिन्न समयमा ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका–१९ घर भई काठमाडौं महानगरपालिका–५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको बागबजारस्थित एक कन्सल्टेन्सीमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान समेतले विभिन्न समयमा कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तीर्ण गराएको खुलेको छ । यस्तै विद्यार्थीहरुबाट प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको खुल्न आएको छ ।

विशेष सूचना आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उत्तममानलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares