Friday, April 26
Shadow

मेकअप गर्ने सही तरिका, यसरी तपाइँ आकर्षक देखिनुहुन्छ !


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ७
सही मेकअपले मात्र तपाईंको सुन्दरता बढाउँदैन, तपाईंको व्यक्तिमा निखार ल्याएर आत्मविश्वास समेत जगाउँछ । तर यसका लागि आवश्यक हुन्छ मेकअप गर्ने सही कला तरिका ।

एक साधारण अनुहारलाई आकर्षक तथा सुन्दर बनाउन मेकअपको महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि उचित मेकअप साधन चुन्न सक्नु पनि आवश्यक हुन्छ ।

साथै तपाईंले आफूलाई आवश्यक परेअनुसार मेकअप कलाको विविधता जान्नु पनि जरुरी हुन्छ ।

फाउन्डेशन
त्वचासँग म्याच गर्ने फाउन्डेशनले अनुहारलाई एक राम्रो बेस दिन्छ । कुनै पनि अवसर तथा उत्सवका लागि तयार हुनुपूर्व फाउन्डेनको सही छनौट र उसलाई लगाउने सही तरिका जान्नु जरुरी हुन्छ ।

जब पनि तपाईंले फाउन्डेशन खरिद गर्नुहुन्छ, त्यतिबेला ख्याल गर्नुपर्ने हुन्छ त्यो तपाईंको त्वचासँग म्याच गर्ने खालको हुनुपर्छ । तपाईंको अनुहारको रंगसँग फाउण्डेशन पनि मिल्ने खालको हुनुपर्छ ।

आइस्याडो

​आफ्नो चिउँडोलाई अगाडि बढाएर माथि गर्नुहोस् । नाकको टुप्पोटितर हेर्नुहोस् ।

ब्रशको मद्दतले आइस्याडोलाई आँखाको एक कुनादेखि अर्को कुनासम्म फैलाउनुहोस् । यस्ता गर्दा तपाईले लगाएको आइस्याडो कृत्रिम देखिनेछैन ।

आइलाइनर

आइलाइनर लगाउने बेला ऐनाको अगाडि झुक्नुभन्दा आफ्नो टाउँकोलाई पछाडि झुकाउनुहोस् । र आँखाभैंलाई माथि खिच्नुहोस् ।

अब आइलाइनरको पेन्सिलाई बरौनिमा सिधा राख्नुहोस् । आँखा पटक पटक झुकिरहेका छन् भने केही सोच्नुहोस् ।

सम्पूर्ण ध्यान बरौनिमा राखेको पेन्सिलमा दिनुहोस् । अब बिस्तारै आँखालाई आकर्षक आकार दिएर रेखा खिच्नुहोस् ।

ब्लशर

​ब्लशरलाई एकतर्फको गला फुकाएर हल्का मुस्कुराउँदै लाउँदा राम्रो हुन्छ । मुख बन्द गर्नुहोस् । ओठका कुनाहरु माथि उठाउनुहोस् ।

गलाको ठीक माथि ब्लशर लगाउनुहोस् । पाउडर ब्लशर के लिए रेगुलर र क्रीम ब्लशरका लागि काबुकी ब्रस प्रयोग गर्नुहोस् ।

लिपस्टिक

​ओठलाई सामान्य मुद्रामा राख्नुहोस् । अनि विस्तारै हल्का मुस्कुराउनुहोस् । लिपलाइनरले ओठमा आकार दिनुहोस् ।

ओठ पातला छन् भने प्राकृतिक लाइनभन्दा अलिकति बाहिर लाइन बनाउनुहोस् । अब लिप ब्रसको मद्दतले एक शेड हल्का कलरले ओठ भर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares