Sunday, August 9
Shadow

Author: Interview Nepal

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

अपराध, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस ९ । पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३१ वर्षीय धनबहादुर उभरकोटीले बुधबार राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयबासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए । धनबहादुरले मादकपदार्थ सेवन गरी घर आएको स्थानीयबासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।...
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस ९ । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा त्यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै त्यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् । बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले त्यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थि...
बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु , तीन जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु , तीन जना घाइते

मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, पुस ९ । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान ५ बजेतिर जयपृथ्वीराज मार्गअन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका( ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले दुर्घटनामा अन्य तीनजना घाइते भएका बताए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । गम्भी घाइते हुनेमा बैतडीको पुर्चौड नगरपालिका(४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको रहेका छन् । दुर्घटनामा घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।...
दुबै समूहको आज पनि केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

दुबै समूहको आज पनि केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

ब्यानर समाचार, राजनिती
काठमाण्डौ , पुस ९ । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक बसेको दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा डाकेको बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।यता काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा दिउँसो १ बजे राखिएको पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी गरेको निकट स्रोतले जनाएको छ । दुबै समूहले पार्टीमा वैधताको लडाइँ...
बल्खुमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु

बल्खुमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ९ । ललितपुरको बल्खुमा गए राति जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । बा२१ च५०६४ नम्बरको जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिका घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा पैदल हिँडिरहेको बेला अधिकारीलाई जीपले ठक्कर दिएको हो । जीपको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि तत्कालै नजिकै रहेको बयोधा अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जीपका चालक राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ९ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार पनि जारी रहने भएको छ । आजको बैठकले संसद विघटनविरुद्ध राष्ट्रिय एकता र मेलमिलाप दिवसका दिन देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्ने कांग्रेस स्रोतले बताएको छ ।कांग्रेसले आगामी कदम कसरी अगाडि बढाउने भन्नेबारे आजको बैठकबाट रणनीति लिने छ । बुधबार बसेको बैठकमा बोल्ने नेताहरूले संसद विघटनविरुद्ध सडक आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए । यसैबीच हिजोको बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । बुधबारको कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच विवाद नै भएको हो ।...
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं, पुस ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी, हाल गण्डकी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानः पौष ९ गते (बिहीबार) दिउँसोः प्रदेश नं १ र  बागमती प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः  प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पौष १० गते (शुक्रबार) दिउँसोः प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः  प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।...
नेकपा र सूर्य चिह्न कसको होला ?

नेकपा र सूर्य चिह्न कसको होला ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ९ । पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला रु विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्– १. ओली समूहको २. दाहाल–नेपाल समूहको ३.कसै न कसैको (निलम्बन हुने) यसका आधारमा तीनै किसिमका वस्तुस्थिति छन्– १. ओलीतिर प्रथम अध्यक्ष र महासचिव सहितको निर्णय छ। २.दाहाल–नेपालतिर साविक केन्द्रीय कमिटीको बहुमत छ। ३. मनोनीतबाटै चलिरहेको दलमा ओलीतर्फ थप सदस्य मनोनयन गरिएका ९४४६ बाट ११९९ पु¥याइएका) छन्, जसको बहुमत उक्त खेमामा पुग्छ। दुवै खेमा निर्वाचन आयोग पुगेका छन्। यसको निक्र्योल अब आयोगले गर्नेछ। त्यसमा कुन तहका नेता र कुन केन्द्रीय समितिलाई आधार मान्ने भन्ने उसैले विश्लेषण गर्नेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ । निर्वाचन विज्ञहरू पहिला कुन केन्द्रीय समिति आधिकारिक भन्ने टुंगो लगाएर मात्र आधिकारिकता प...
प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने ओलीको चेतावनी

प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने ओलीको चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने चेतावनी दिएका छन् । योहो टेलिभिजनसँग कुरा गर्दै उनले बुधबार बेलुका यस्तो बताएका हुन् । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।” साथै उनले यस अवधिमा मिलेरै जानुपर्ने बताए । योहो टेलिभिजनका लागि जीवराम भण्डारीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरे ।पार्टीभित्रको अहिलेको कलह प्रचण्ड-माधव समूहको पद र प्रतिष्ठाको लागी गरेको उनको भनाइ थियो ।...
केन्द्रीय समिति बैठकः देउवा-पौडेलबीच चर्काचर्की !

केन्द्रीय समिति बैठकः देउवा-पौडेलबीच चर्काचर्की !

ब्यानर समाचार, राजनिती
काठमाण्डौ, पुस ९ । संसद विघटनविरुद्ध कांग्रेस आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । बुधबारको कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच विवाद नै भएको हो । केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि नेता पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न नहुने बताएका थिए । त्यसैगरी देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने भन्दै संसद विघटनको मुद्धा सर्वोच्चमा पुगिसकेकाले फैसला नहुँदासम्म कांग्रेसले निर्णय गर्न नहुने धारणा बुधबारको बैठकमा राखेका थिए । तर देउवाको भनाईमाथि असहमति राख्दै नेता पौडेलले संसद विघटन गर्नु असवैधानिक भएकाले नेकपा फुट...