Sunday, August 9
Shadow

Author: Interview Nepal

काजु किन खाने? डा: ओम मुर्ति

काजु किन खाने? डा: ओम मुर्ति

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाण्डौ , पुस ९ । ड्राइ फ्रुटलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा प्रसस्त एन्टीअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउँछ । ड्राइ फ्रुटले हृदयघात तथा अन्य रोगहरुबाट बचाउँछ । तर यस्ता ड्राइ फ्रुटमा क्यालोरी पनि धेरै भएकोले धेरै खाएमा तौल बढ्न सक्छ र यसले बेफाइदा पनि गर्नसक्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी पाइने भएकाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाइदाजनक मानिन्छ । १ देखि २ मुठी ड्राइ फ्रुटमा दिनहु खाएमा स्वस्थकर हुन्छ । काजु को फाईदा : काजुले मुटुलाई फाइदा गर्छ । हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । काजुमा पाइने श्भबहबलतजष्ल रसायनले आँखालाई स्वस्थ बनाइ राख्छ । तर यसमा बढी मात्रामा क्यालोरी पाइने हुनाले एक दिनमा ५ देखि १० वटा ९पिस भन्दा बढी खानु हुँदैन । यसमा क्यमष्ग को मात्रा बढी हुनाले उच्च रक्तचापको बिरामीले...
नेकपाको औपचारिक बिभाजनको पर्खाइमा कांग्रेस

नेकपाको औपचारिक बिभाजनको पर्खाइमा कांग्रेस

मुख्य समाचार, राजनिती
काठमाण्डौ, पुष ९ नेपाली कांग्रेसको अहिलेको पहिलो चासो नेकपाको औपचारिक बिभाजनमा धैरै रहेको छ । राजनितिक रुपमा नेकपाका दुई धार देखिएपनि कानुनी रुपमा बिभाजन भैसकेको छैन । त्यसैलै कांग्रेको पहिलो प्रतिक्षाको बिषय नेकपाको कानुनी बिभाजनसंग छ । लोकतन्त्र र संबिधानको रक्षा कांग्रसेले मात्र गर्न सक्ने कांग्रेस नेताहरुको दाबी रहेको छ । अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधी सभा बिघटन गर्ने कुरालाइ सदर गरिदिए ओलीकै नेतृत्वमा चुनाब निष्पक्ष हुन नसक्ने कुरा कांग्रेसको अडान रहेको छ । अहिले यो बेला चुनाब गर्न सके राजनितिक रुपमा लाभ हुने कांग्रेस नेताहरुको भनाई रहेको छ ।...
चिनियाँ राजदूत हु यान्छीले भेटिन प्रचण्ड

चिनियाँ राजदूत हु यान्छीले भेटिन प्रचण्ड

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ९ सत्तारुढ दल दुई टुक्रामा विभाजन भएको बेला चिनियाँ राजदूत हु यान्छीले नेकपा प्रचण्ड– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्। बिहीबार विहान साढे नौ बजे प्रचण्ड निवास खुमलटार पुगेकी यान्छी र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। नेकपा दुई समूहमा विभाजित भइसकेपछि प्रचण्डसँग यान्छीको यो पहिलो भेटवार्ता हो। नेकपाको विवादमा सक्रिय हुने गरेकी यान्छीले यो पटक कुन बिषयमा छलफल गरिन भन्ने खुलेको छैन।...
बिहीबार सुनकाे मुल्यमा वृद्धि

बिहीबार सुनकाे मुल्यमा वृद्धि

आर्थिक
काठमाण्डौ , पुस ९ । नेपाली बजारमा सुनको मूल्यले यात्रा उकालो लागेको छ। बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएको छ।...
नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

आर्थिक, टिप्स, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ९ न्युरोड स्थीत पिपुल पाल्जामा रहेको थ्रिकम केयरले स्वदेशमै बसेर केहि गर्छु भन्ने युवाहरुलाई लक्षित गर्दै नि:शुल्क सिपमुलक तालिम ल्याउने भएको छ । बिगत ७ वर्षदेखी मोबाइल, ल्यापटप रिपेयरिङका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा विक्रि, वितरण गर्दै आएको यस थ्रिकम केयरले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गरेको छ । यसै माघ महिनाभित्र १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्ने घोषणा गरेको छ । बढ्दो युवा पलायन रोक्नका लागी नेपाल सरकारले नै विशेष पहल गर्न ढिलाई भईरहेको अवस्थामा हामीले त्यसमा इटा थप्नका लागी सानो कदम चालेको थ्रिकम केयरका संचालक बिपिन जयसवालले बताए । १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्नुका साथै रोजगारीको ग्यारेन्टी पनि लिएका छन्। साथै कम्पनिबाट तालिम लिएका युवाहरुलाई थ्रिकममै रोजगारीको व्यवस्था समेत गरिएको संचालक जयसवालले बताए । तालिम बारे थप जानका...
नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किए

नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किए

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौ , पुस ९ । २ दिन प्रधानमन्त्री केपी शर्मा ओलीको समूहका बैठकमा सहभागी भएका नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किएका छन् । यसअघिको बैठकमा ओली पक्ष्मा सहभागीता जनाएका तामाङले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आफ्नो हस्ताक्षर दुरुपयोग भएको समेत बताएका थिए अब भने आफू प्रचण्ड–नेपाल समूहमै फर्किएको तामाङले आफू निकटलाई जानकारी दिएका छन् । प्रचण्ड–नेपाल निकट एक केन्द्रीय सदस्यले तामाङ आफूहरुकै ‘क्याम्प’मा फर्किएको बताए । प्रचण्ड–नेपाल समूहले बिहीबार बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि तामाङ सहभागी हुनेछन् ।...
पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु

मौसम
काठमाण्डौ , पुस ९। आज पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमपुर्वानुमान महाशादाले जनाएको छ। हाल गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । मौसमपूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा...
फ्रान्सले आप्रबासी कामदारलाई पुरस्कार स्वरुप नागरिकता प्रदान गर्ने

फ्रान्सले आप्रबासी कामदारलाई पुरस्कार स्वरुप नागरिकता प्रदान गर्ने

अन्तर्राष्ट्रिय
काठमाण्डौ , पुस ९ । फ्रान्सले कोभिड–१९ को बेला अग्रपंक्तिमा रहेर काम गर्ने आप्रबासी कामदारलाई पुरस्कार स्वरुप नागरिकता प्रदान गर्ने भएको छ । ‘फास्ट ट्रयाक’ विधि अपनाएर नागरिकता प्रदान गरिनेछ। फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले उक्त मापदण्ड पुरा गर्ने आप्रबासीलाई आवेदन दिन आव्हान गरेको हो। करिब सात सय आप्रबासी कामदारलाई नागरिकता दिने प्रकृया अन्तिम चरणमा पुगेको बीबीसीले जनाएको छ। कोरोनाबाट ग्रस्त देशमध्य फ्रान्स पनी प्रमुख हो। जहाँ, ६५ हजारले कोरोनाको कारणा ज्यान गुमाएका छन भने लाख ब्यक्ति सङ्क्रमित भएका छन्। कोभिडका कारणा धेरै श्रमिकको पििडत रहेको भन्दै नागरिकता प्रदान गनर् लागेको हो। हालसम्म ७४ जनाले फ्रान्सको राहदानी पाइसकेका छन्। ६९३ जना राहदानी पाउने अन्तिम चरणमा छन्। करिब दुई हजार ८९० अप्रबासीले आवेदन दिएका छन्। साधारणतया फ्रान्सको नागरिकता लिन अप्रबासीले कम्तिमा पाँच वर्...
गौतमबुद्ध रङ्गशालाका लागि रत्ननगर नगरपालिकाकाे रु १० लाख सहयाेग

गौतमबुद्ध रङ्गशालाका लागि रत्ननगर नगरपालिकाकाे रु १० लाख सहयाेग

समाज
काठमाडौं, पुस ९ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्रतिनिधिको तर्फबाट रु एक लाख र कर्मचारीको तर्फबाट रु एक लाख गरी रु १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार रु १० लाखको चेक हस्तान्तरण गरेका हुन । सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्त...
युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश

युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश

खेलकुद
काठमाडौं , पुस ९ । म्यानचेस्टर युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्‍वार्टरफाइनलको खेलमा युनाइटेडले एभर्टनलाई २-० ले पराजित गरेको हो । योसँगै युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । युनाइटेडको जितमा इडिन्सन काभानी र एन्थोनी मार्टियलले एक-एक गोल गरे । खेलको ८८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । एन्थोनी मार्टियलले इन्ज्युरी समयमा गोल गर्दै युनाइटेडलाई जित दिलाए । मार्कुस रासफोर्डले उपलब्ध गराएको पासमा मार्टियलले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरेका थिए । जितसँगै अब युनाइटेडले सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । खेल जनवरी ५ मा हुनेछ ।  ...