काठमाण्डौ , पुस ९ । २ दिन प्रधानमन्त्री केपी शर्मा ओलीको समूहका बैठकमा सहभागी भएका नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किएका छन् ।
यसअघिको बैठकमा ओली पक्ष्मा सहभागीता जनाएका तामाङले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आफ्नो हस्ताक्षर दुरुपयोग भएको समेत बताएका थिए
अब भने आफू प्रचण्ड–नेपाल समूहमै फर्किएको तामाङले आफू निकटलाई जानकारी दिएका छन् ।
प्रचण्ड–नेपाल निकट एक केन्द्रीय सदस्यले तामाङ आफूहरुकै ‘क्याम्प’मा फर्किएको बताए । प्रचण्ड–नेपाल समूहले बिहीबार बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि तामाङ सहभागी हुनेछन् ।