Thursday, March 28
Shadow

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु


  • -इ
  • इ+

काठमाण्डौ , पुस ९।

आज पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ ।

पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमपुर्वानुमान महाशादाले जनाएको छ।

हाल गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

मौसमपूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै रुपन्देही, भैरहवाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares