Monday, August 10
Shadow

Author: Interview Nepal

नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । सरकारले विगत नौ महिनादेखि बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र 9लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो । विभागका प्रवक्ता डा। लोकनाथ भुसालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने व्यवस्था गरेर मंगलबारबाट अनलाइन फाराम खुला गरेको जानकारी दिएका छन् । फाराम विभागको बेवसाइटमा राखिएको लिंक अथवा अनलाइनईडीएलआरईजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिनेछ । विभागले कोटा भएको अवस्थामा मात्र फाराम भर्न सकिने जनाएको छ । एकपटक फाराम भरेपछि तोकिएको समयमा नगएमा १५ दिनपछि मात्र पुनः फाराम भर्न पाइनेछ भने परीक्षामा अनुत्तीर्ण भएमा ९० दिनपछि मात्र फाराम भर्न पाइने ...
हिउँदे बिदामा पनि पठनपाठन शुरु, फागुनमा वार्षिक परीक्षा सञ्चालन

हिउँदे बिदामा पनि पठनपाठन शुरु, फागुनमा वार्षिक परीक्षा सञ्चालन

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस १६ । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । बुधबारदेखि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थित न्यून रहेको बताइएको छ । कोरोना त्रासका कारण जिल्ला बाहिरका शिक्षक आउन नमानेको र स्थानीय शिक्षकले विद्यालय खोलेर सञ्चालनमा ल्याएका हुन् । जिल्ला बाहिरका शिक्षक उपस्थित नहुँदा बुधबारदेखि खोलिएका गाउँपालिकाभित्र...
प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौं, पुस १६ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्‌वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदै छन् । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछन् । लिगमा समान दुई-दुई खेलेका दुवै टोलीको समान २0२ अंक छ । समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा दुई खेल खेल्दै ४ अंक जोडेको छ । आजको खेलमा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच जित निकाल्ने टोलीले ४ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगितामा दुवै टोली उपाधि दाबेदारका रुपमा छन् । तर, पनि सुदूरपश्चिम प्रदेश वाग्मतीभन्दा बलियो टिमका रुपमा छ । त्यस्तै आज हुने दिनको दोस्रो खेलमा प्रदेश १ र गण्डकी प्रदेशले...
मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?

मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?

ब्यानर समाचार, समाचार
काठमाडौँ , पुस १६ । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुँदैछ । बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै पुस १६ गतेका लागि तोकिएको पेसीमाथि आज सुनुवाइ हुन लागेको हो । गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधवार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी बिहीवारका लागि तोकिएको छ । संसद् विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरिएकाले अधिवक्ताहरू त्रिपाठी, ओली र केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । प्रतिनिधिसभा विघटनपछि कामचलाउ भइसकेको सरकारले संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेको रिटमा उल्लेख थियो । कोरो...
निर्मला प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको सरकारले गर्यो पुनर्बहाली

निर्मला प्रकरणमा बर्खास्त एसपी डिल्लीराज विष्टको सरकारले गर्यो पुनर्बहाली

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । सरकारले निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण अनुसन्धानमा गडबडी गरेको आरोपमा बर्खास्त एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय लिएको हो । कञ्चनपुरको भीमदत्त नगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याकाण्डपछि विष्ट बर्खास्त भएका थिए । प्रहरी प्रधान कार्यालयको पत्रअनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो । बर्खास्त भएका विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्बहाली माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए । पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै दुवैलाई तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्ट...
टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठ अनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।...
नेकपामा विभाजनः दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

नेकपामा विभाजनः दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

ब्यानर समाचार, राजनिती
  काठमाडौं, पुस १६ । नेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा आली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले दल विभाजनको लागि औपचारिक प्रक्रिया थालेका छैनन् । दुवै पक्षले आ–आफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन् तर कसैले पनि विभाजनको भारी बोक्न चाहेका छैनन् । दलसम्बन्धी ऐन २०७३ ले तोकेको दल विभाजन वा दल मान्यतासम्बन्धी कानुनी प्रक्रियामा कुनै पक्षले पनि प्रवेश नगर्दा निर्वाचन आयोगलाई समेत नेकपा विवादमा हात हाल्न समस्या भएको छ । ऐनका दफा ३३ ९२० अनुसार दल विभाजनका लागि केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलसहित दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको साथ चाहिन्छ । यतिबेला प्रतिनिधिसभा विघटित रहेकाले ऐनको उक्त दफाअनुसार पार्टी विभाजन गर्न समस्या छ । ऐनले दफा ४३ देखि ४६ मा दलको मान्यतासम्बन्धी विवाद निरुपणको व्यवस्था गरेको छ । नेकपामा यतिबेला नाम, छाप, झण्डा र...
प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, पुस १६ । यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ । सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ । त्यहाँका प्रधानमन्त्री मीन अब्दुल मलिकले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन्। यमनको एउटा समाचार वेबसाइट अल-मस्दरलाई उद्धृत गर्दै बीबसीले जनाएअनुसार श्रम मन्त्रालयका उपसचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ। सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतङ्कवादी कार्य’ गरेको आरोप लगाएका छन्। बीबीसीको एउटा भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ । मन...
विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो, संक्रमित कति ?

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो, संक्रमित कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड ३० लाख नाघेको छ भने १८ लाख १० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८ करोड ३० लाख ३० हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १८ लाख १० हजार ६१० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १४ हजार ३९५को मृत्यु भएको हो । अहिलेसम्म ५ करोड ८८ लाख ४५ हजार ६४३ जना कोरोना मुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५० हजार ४२९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २ लाख २ ह...
हेर्नुस् तीन दिनको मौसम पूर्वानुमान, कुन ठाउँको कस्तो ?

हेर्नुस् तीन दिनको मौसम पूर्वानुमान, कुन ठाउँको कस्तो ?

ब्यानर समाचार, मौसम, समाज
  काठमाडौं , पुस १६ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १६ गते (बिहीबार) दिउँसो : प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पौष १७ गते (शुक्रबार) दिउँसो : प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि स...