Monday, August 10
Shadow

Author: Interview Nepal

काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १५ । घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ । घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व÷पश्चिम यातायात प्रालिको आज बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो । मुस्ताङको जोमसोम, मुक्तिनाथ, म्याग्दीको दर्वाङ, बागलुङमा बससेवा सञ्चालन गरेको घोडाघोडी यातायात प्रालिले पहिलोपटक मध्यपहाडी राजमार्ग हुँदै रुकुमपूर्व बससेवा सञ्चालन गर्न लागेको हो । घोडाघोडी यातायात प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको चाहनालाई ध्यानमा राखेर काठमाडौँदेखि पोखरा, बागलुङ हुँदै रुकुमपूर्व बस सञ्चालन गर्न लागेको जानकारी दिए । बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्ने छन् । घोडाघोडी यातायात प्रालिमा हाल ३० बस सञ्चालनमा रहेका छन् । उक्त प्रालिका बस पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्दछन् ।...
कोरोनाकै कारण २ लाख नेपाली स्वदेश फर्किए , तत्काल १० लाखलाई रोजगारी आवश्यक

कोरोनाकै कारण २ लाख नेपाली स्वदेश फर्किए , तत्काल १० लाखलाई रोजगारी आवश्यक

मुख्य समाचार, समाज, सम्पादकीय
काठमाडौं , पुस १५ । विश्‍वव्यापी कोरोना भाइरसको कारण झन्डै २ लाख श्रमिक वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका छन् । कोरोनाका कारण देशैभित्र सबैभन्दा बढीले रोजगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले अहिलेको अवस्थामा १७ लाख नेपाली बेरोजगार भएकाले तत्काल १० लाखलाई व्यवस्थापन गर्नुपर्ने देखिएको जनाएको छ । कोरोनाको कारण विदेशमा तीन लाखले रोजगारी गुमाएका छन् भने देशभित्र नौ लाखको रोजगारी गुमेको छ । विदेशमा भएका ३२ लाखमध्ये ६ लाख नेपाली अहिले फर्कने तयारीमा छन् । त्यसमध्ये चार लाख नेपाली कोभिडकै कारण तत्काल फर्कनुपर्ने अवस्थामा छन् । नेपाली श्रम बजारमा वार्षिक पाँच लाख युवा भित्रिने राष्ट्रिय योजना आयोगलको तथ्यांक छ । आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीमा कोरोनाले पारेको प्रभावसम्बन्धी अध्ययन गरेको थियो । ११२ देशमा रहेका नेपालीमा गरेको अध्ययनअनुसार ३५ लाख नेपाली विदेशमा छ...
सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन, नेम्बाङ र पौडेल पुगे अस्पताल

सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन, नेम्बाङ र पौडेल पुगे अस्पताल

ब्यानर समाचार, समाज
काठमाडौं , पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ । सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो । यसैबीच प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् । सीताको स्वास्थ्य केही वर्षयता खस्क...
स्वास्थ्यका लागि दूध र दहीमा कुन खानु राम्रो ?

स्वास्थ्यका लागि दूध र दहीमा कुन खानु राम्रो ?

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । नेपालमा दूध र दही दैनिक जीवनमा धेरैले सेवन गर्छन् । दुवैको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ कमैलाई थाहा छ । दूधलाई जमाएर अमिलो बनाएर दही बनाइन्छ । यसमा भएका ब्याक्टेरियाका कारण पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइने वैज्ञानिकहरू बताउँछन् । दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुने हुँदा हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । साथै दहीमा हुने तत्वले अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न पनि सहयोग गर्छ । अर्को कुरा त दूध छिट्टो नपच्ने हुँदा यसले कब्जियत तथा ग्यास पैदा गर्छ । दही तुरन्तै पच्ने हुँदा खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई सहयोग पुग्छ । डाक्टरहरूका अनुसार एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भोजनको समयम...
प्रधानमन्त्री ओलीले भने- म अध्यक्ष छोडिदिन्छु, चुनाव गरौं

प्रधानमन्त्री ओलीले भने- म अध्यक्ष छोडिदिन्छु, चुनाव गरौं

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौँ , पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्षको चुनाव गराउने भए नेकपाको अध्यक्ष छोड्न तयार रहेको बताएका छन् । उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल तयार हुनुपर्ने बताए । आफू निकटका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा बुधबार ओलीले पार्टीभित्र आफू जहिले पनि निर्वाचित भएर आएको तर दाहाल र नेपालमा भने पार्टीभित्र निर्वाचनमा जान आँट नभएको बताए । उहाँहरू चुनावमा आउन तयार हुनुहुन्न । उहाँहरू अध्यक्ष मागिरहनुभएको छ । अध्यक्ष छोडिदिने हो, ठीक छ । आउनुस् न त चुनाव गरौं । म छोडिदिन्छु, चुनाव गरौं । चुनाव गर्न आँट गर्नुहुन्न, ओलीले भने । दाहाल र नेपालले सोझै अध्यक्ष दिनुपर्ने माग गरेको ओलीको भनाइ थियो । अध्यक्ष दाहाल पार्टीभित्र कहिल्यै पनि चुनाव नगरी नेतृत्वमा रहेको भन्दै ओलीले आफू जहिल्यै प्रतिस्पर्धाबाट पार्टीको नेता भएको बताए । उनले...
दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ सार्बजनिक (भिडियोसहित)

दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ सार्बजनिक (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, पुस १५ । दिप्सन भट्टराई र एलिना चौहान को स्वरमा रहेको गीत ज्वाइँ बडो गजब छ, सार्बजनिक भएको छ । दिप्सन भट्टराई को शब्द, आबिस्कार भट्टराई को सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । मिस्टर नेपाल २०१६ को फस्ट रनरप समेत भैसकेका दिप्सन भट्टराई को साथमा , भुमिका केसि, सुदिप आचार्य को मुख्य अभिनय रहेको गीतको भिडियो लाई प्रमोद भणडारिले निर्देशन र कोरियोग्राफी गरेका छन् । भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् https://www.youtube.com/watch?v=uk06FOjvny4...
नयाँ जनादेशका लागि संसद विघटन :  अर्थमन्त्री पौडेल

नयाँ जनादेशका लागि संसद विघटन : अर्थमन्त्री पौडेल

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १५ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका छन् । वीरगञ्जको नगर सभागृहमा आज आयोजित प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै महासचिव पौडेलले कम्युनिस्ट आन्दोलनलाई क्षत विक्षत गर्ने षडयन्त्रसँग प्रतिवाद गर्न र नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका हुन । उनले बैशाख १७ र २७ गते निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै सम्पूर्ण कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आग्रह गरे । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरी संसद विघटन गराउने बाध्यात्मक अवस्था सिर्जना गरेको बताएका थिए । कार्यक्रममा कानुन मन्त्री लिला श्रेष्ठले विदेशी शक्तिको इशारामा सरकार ढाल्ने खेल शुरु भएपछि प्रतिनिधिसभा विघटनको ...
“ हे निरा ” बोलको ठटेउली गितले चर्चा बटुल्दै

“ हे निरा ” बोलको ठटेउली गितले चर्चा बटुल्दै

मनोरञ्जन
महेन्द्र अधिकारी , ललितपुर, पुष १५ । गायक, सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपाल को बालापनको झलझली याद दिलाउने ठटेउली मौलिक गित “ हे निरा ” काठ्माण्डौ एक्स्प्रेस नामक युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ। महेश नेपाल स्वयमको लय,शब्द सृजनामा गित बजारमा आएको हो । गितमा महेश नेपाल, लोकप्रिय गायिका गिता देबी र ईन्दीरा अधीकारी वाग्ले को सुमधुर स्वर रहेको छ । “ हे निरा ” गितलाई कर्सङ्ग लामा ले एरेन्ज गरेका छन् ।महेश नेपालको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा महेश नेपाल, गिता देबी, बिक्रम आचार्य, अमृत तिमल्सीना, प्रत्युष नेपाल, सन्तोष बिरही, पवन भट्टराई, अश्लेषा वाग्ले, ईन्दीरा अधिकारी वाग्ले लगायतको दमदार अभिनय देख्न सकीन्छ । प्रतीक ब श्रेष्ठको छायाँकन, चेतन सागरको सम्पादन र शितलराज गिरिको ब्यवस्थापनमा भिडियो तयार भएको हो । मौलिक र यथार्थ शब्द समाबेश भएको गितल...
प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन नदिने प्रधानमन्त्री ओलीको चेतावनी

प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन नदिने प्रधानमन्त्री ओलीको चेतावनी

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १५ । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालका आकांक्षा पूरा हुन आफूले नदिने चेतावनी पनि दिएका छन् । आज कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलामा ओलीले यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालप्रति व्यंग्य गर्दै माधव नेपाल पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता मात्रै भएको बताए । साथै उनले नेपाल प्रचण्डको द्वितीय अध्यक्ष नभई मामुली कार्यकर्ता भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूमाथि धेरै आरोप लगाए पनि आफूले नेपालमाथि कुनै कमेन्ट नै नगर्ने बताए। भेलालाई सम्बोधन गर्दैन ओलीले भने, ‘उहाँ (नेपाल) बारे मैले केही कमेन्ट गर्दिनँ। उहाँ दुःखी हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले आफूसँग रहँदा सधैँ नगद सम्झौताको कुरा गरेपनि प्रचण्डसँग लागेर कार्यकर्तामात्रै बनेको...
नेकपाको खाता रोक्का गर्न बैंकहरुलाई दाहाल–नेपालको पत्र

नेकपाको खाता रोक्का गर्न बैंकहरुलाई दाहाल–नेपालको पत्र

ब्यानर समाचार, राजनिती
काठमाडौं पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैंक खाता रोक्का राख्न आग्रह गर्दै पत्राचार गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको खाता रहेका बैंकहरुमा अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का राखिदिन आग्रह गर्दै पत्राचार गरेको एक बैंकका सीईओले जानकारी दिए । उनका अनुसार नेकपा कार्यालयबाट पठाइएको इमेलमार्फत यस्तो आग्रह गरिएका छ । नेकपा (ओली समूह)ले एकलौटीरुपमा बैंकको खातामा रहेको रकम निकाल्न सक्ने भन्दै नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले यस्तो आग्रह गरेको बताइएको छ ।...