Friday, April 26
Shadow

राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो छ : पूर्व राष्ट्रपति यादव


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १६
वर्तवान परिस्थीतिको राष्ट्रिय राजनितिमा मेलमिलापको खाँचो रहेको पूर्व राष्ट्रपति रामवरण यादवले बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार तेज तीर्थ ट्रस्टद्धारा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । पूर्व राष्ट्रपति यादवले सरकारले गरेको संसद बिघटनको कार्य संबिधान विपरित भएको बताएका छन् । यो कदमले देशलाई अनिश्चितताकोबाटोमा धकेलेको बताउँदै संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताएका छन् ।

२०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।

ट्रस्टका अध्यक्ष तीर्थराम डंगोलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ट्रस्टका संस्थापक तेज माया डंगोल, ट्रस्टका उपाध्यक्ष पूर्व रक्षा मन्त्री भीमशेन दास प्रधान, नेपाली कांग्रेस काठमाण्डौँ जिल्ला सभापति सबुज कृष्ण बानियाँ लगाएतको उपस्थीति रहेको थियो । आयोजित कार्यक्रममा इतिहास विद योगेन्द्रमान श्रेष्ठ, लोकतान्त्रिक योदा शिव प्रसाद कडगाल, साहित्यकार नारायण देवी श्रेष्ठ, पत्रकार अजय बाबु सिवाकोटी र पत्रकार निर्मला आचार्य सम्मानित भएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares