Friday, April 26
Shadow

नेपाली कांग्रेस काठमाण्डौँले मनायो ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १६
नेपाली कांग्रेसले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । देशभर विभिन्न कार्यक्रम गरेर कांग्रेसले ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ ।

नेपाली कांग्रेस काठमाण्डौँले पनि एक कार्यक्रम गरि दिवस मनाएको छ । लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँदै आएको छ । २०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति कोइराला र नेता सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । सोहि दिनको सम्झनामा कांग्रेसले आज देश भर उक्त दिवस मनाएको हो ।

काठमाण्डौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य किरण गिरीले मेलमिलापले नै देशको वर्तमान राजनितिलाई सुधार्न सक्ने बताए । नेकपामा मात्र नभई सबै राजनितिक दलमा मेलमिलापको भावना विकाश गर्नुपर्नेमा जोड दिए ।

जिल्ला सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा भएको कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी, कांग्रेस भातृ संगठनका प्रतिनिधि लगाएतको उपस्थीति रहेको थियो ।

७७ जिल्लामै विभिन्न कार्यक्रम गरेर दिवस मनाएको कांग्रेसले केन्द्रमा भने भर्चुअल कार्यक्रम राखेको थियो । जिल्लामा हुने कार्यक्रममा केन्द्रीय नेता सहभागी भएका थिए । केन्द्रको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares