Wednesday, August 19
Shadow

Author: Interview Nepal

प्रचण्ड नेपाल समुहले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै, ५० हजार नागरिक उतार्ने तयारी

प्रचण्ड नेपाल समुहले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै, ५० हजार नागरिक उतार्ने तयारी

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ १७ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शनिबार० सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शक्ति प्रदर्शन गर्दैछ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सम्बोधन गर्नेछन् । धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका नेता तारालामा तामाङले जानकारी दिएका छन् । धनगढीको दुई ठाउँबाट र्‍याली निकालिने लामाले जानकारी दिएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन्...
काठको विक्री वितरण र ओसार पसारमा थप सहजता सृजना गर्न सामुदायिक वन उपभोक्ता महासंघको अनुरोध

काठको विक्री वितरण र ओसार पसारमा थप सहजता सृजना गर्न सामुदायिक वन उपभोक्ता महासंघको अनुरोध

आर्थिक, समाचार, समाज
काठमाण्डौँ, माघ १६ सामुदायिक वनको काठको सदुपयोग तथा विक्री वितरण र ओसार पसारमा थप सहजता सृजना गर्न सामुदायिक वन उपभोक्ता महासंघले सरकारलाई अनुरोध गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी सामुदायिक वन उपभोक्ता समूहहरुको मागलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रिज्यू, वन तथा वातावरण मन्त्रीज्यू र मन्त्रालयको सकृयतामा नेपाल सरकार (मन्त्रिपरिषद) बाट बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्ने र वन ऐन २०७६ कार्यान्वयनका लागि यथाशीघ्र नयाँ वन नियमावली तर्जुमा गर्ने निर्णय गरिएकोमा सम्माननीय प्रधानमन्त्रिज्यू, नेपाल सरकार (मन्त्रिपरिषद), माननीय वन तथा वातावरण मन्त्रीज्यू र वन तथा वातावरण मन्त्रालयप्रति महासंघका अध्यक्ष भारती पाठकद्धारा जारी विज्ञप्ति मार्फत धन्यवाद दिईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आफ्नो स्थापना काल देखि नै सामुदायिक वन उपभोक्ता समुहको अधिकारको सुनिश्चित...
प्रधानमन्त्रीले संसद् विघटन मात्र होइन, देशको लोकतन्त्र माथि नै हमला गर्नुभएको छ :  प्रचण्ड

प्रधानमन्त्रीले संसद् विघटन मात्र होइन, देशको लोकतन्त्र माथि नै हमला गर्नुभएको छ : प्रचण्ड

ब्यानर समाचार, राजनिती
विराटनगर , माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताएका छन् । सो पार्टीद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा उनले ‘प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको होइन लोकतन्त्र माथि नै हमला गर्नुभएको छ’ भने । पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको चर्चा गर्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताए । आवश्यक परे सभामुखले संसद् बोलाउने र संसद् चलाउने चर्चा गर्दै उनले सरकारले देशमा भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको आरोप लगाए । अध्यक्ष दाहालले पार्टीमा दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने विश्वास व्यक्त गरे । नेपाली ...
निर्वाचन प्रक्रिया अघि बढाउन नेकपा ओली समूहद्वारा आयोगलाई सुझाव

निर्वाचन प्रक्रिया अघि बढाउन नेकपा ओली समूहद्वारा आयोगलाई सुझाव

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १६ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)केपी शर्मा ओली समूहले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज बोलाएको परामर्श बैठकमा नेकपाका प्रतिनिधिले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल दर्ता प्रक्रिया अघि बढाउन सल्लाह दिएका हुन । बैठकमा नेता सुवास नेम्वाङ, मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका मन्त्री रामेश्वर फुयाँल, सांसद विमला पौडेल, अधिवक्ता बाबुराम दाहाल र रमेश बडाल सहभागी भएका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले आधिकारिकताका विषयमा आयोग एउटा टुङ्गोमा पुगिसकेकाले त्यही जगमा रही अन्य प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे ।सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले निर्वाचन तयारीका सम्बन्ध...
कोरोनाविरुद्ध खोप अभियानको तेस्रोदिन : ४६ हजार १९७ जनाले लगाए खोप

कोरोनाविरुद्ध खोप अभियानको तेस्रोदिन : ४६ हजार १९७ जनाले लगाए खोप

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , माघ १६ । कोरोनाविरुद्धको खोप अभियानको तेस्रो दिनसम्म देशभर ४६ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल ४६ हजार १९७ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७ हजार ३६९, प्रदेश २ मा ४ हजार ६५०, वाग्मती प्रदेश मा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप प्राप्त गरेका छन् । प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए भने दोस्रो दिन १९ हजार ...
सरकारी तलब भत्ता खाएकाले नदेखेको सडक मानव, मानवसेवा आश्रमले देख्यो

सरकारी तलब भत्ता खाएकाले नदेखेको सडक मानव, मानवसेवा आश्रमले देख्यो

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, माघ १६ सरकारी तलब र भत्ता खाएर विभिन्न संघ संस्थामा रहेर काम गर्नेले नेपालका सडकमा रहेका बेसहारा मानिस नदेखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित मानवसेवा आश्रमको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगतको मेची महाकाली यात्राको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । भत्तावालाले नदेखे पनि विशुद्ध समाज सेवामा रहेका मानवसेवा आश्रमका स्वेयमशेवकले देखेर उद्धार गर्न समेत सफल भएको प्रधानमन्त्री ओलीले बताए । नेपालमा मानव उद्धारका लागि भनेर संचालनमा रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले मानव उद्धारमा उदासिनता देखाएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । सरकारले सडक मानव मुक्त नेपाल होला भनेर मौन बसिरहेको बेला उक्त अभियानले ६ सय जना मानिसको उद्धार गर्नुले पनि सरकारलाई त्यस क्षेत्रमा ध्यान...
जापानले आवश्यक डोज सुरक्षित गर्यो

जापानले आवश्यक डोज सुरक्षित गर्यो

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ ,माघ १६ जापनले आफ्नो १२ करोड ६० लाख जनसंख्यालाई पर्याप्त हुने गरी कोभिड–१९ विरोद्घ को खोप सुनिश्चित गर्न जापान लागि परेको छ । विश्वभर खोप सीमित मात्रा मा भएको ले पछिल्लो अवस्थामा जापानले भने बेलायती फर्मा कम्पनी अस्त्रजेनेका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ विरोधी खोप घरेलुस्तरमा नै उत्पादन गर्न लागेको हो । उत्पादनको काम बायोप्रविधि कम्पनी जेसीआर फर्मास्युटिकल्सले गर्नेछ । यस कम्पनीलाई अहिलेसम्म खोप उत्पादनको अनुभव छैन तर यसले आवश्यक एडेनोभाइरस भेक्टर भने विकास गर्न सक्छ । अस्त्रजेनेकाले सम्झौताको शुरुमै जेसीआरलाई उत्पादनको अधिकार दिएको थियो । जेसीआरले ९ करोड डोज खोप उत्पादन गर्ने अपेक्षा गरिएको छ । अहिले विश्वमा खोपको मात्रा सिमीत रहेसँगै जापानले आवश्यक डोज सुरक्षित गर्न नसक्ने हो कि भन्ने अपेक्षा छ । अस्त्रजेनेका र जापान सरकारले डिसेम्बरमा १२ करोड डोज खो...
छलफलका लागि प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै

छलफलका लागि प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ १६ प्रचण्ड-नेपाल पक्षबाट निर्वाचन आयोगमा तीन जना जाने भएका छन्। आज साढे ११ बजे आयोगले अध्यक्ष ओली पक्ष र प्रचण्ड पक्षका ५/५ जनालाई छलफलका लागि बोलाएको छ। प्रचण्ड-नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ती प्रधान जान लागेका हुन्। अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल नै जाने तयारी भए पनि उपत्यका बाहिर भएकाले तीन जना मात्र जाने राजेन्द्र पाण्डेले जानकारी दिए। ओली पक्षबाट भने महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङनै निर्वाचन आयोगमा जाने भएका छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल र कानुनविदहरु बाबुराम दाहाल तथा रमेश बडाल निर्वाचन आयोग जाँदै छन्। निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोगले बुधबार पत्राचार गरेको थियो।...

Азиатские женщины-модели, эро комиксы занимающиеся здоровьем и фитнесом

Uncategorized
Визуальная фантастика сегодня днем ​​и ночью занимает исключительное место на рынке комиксов. Отправляйтесь в инновационное путешествие производителей в увлекательное путешествие в Insexual Waking up 2: Have the passion for and Learn, грядущей инсталляции в линейке Insexual Waking up! Но если вы можете впадать в депрессию в повседневной жизни и получать от этого удовольствие, тогда просто платонические связи могут стать первой частью малыша, попавшего в богатые любовью воды. (more…)...
प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । काठमाडौँमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले कार्यस्थलमा खटिएका प्रहरी टोलीलाई हातपात गरेका र टेवलका सिसा फुटाएका थिए । त्यसपछि फुटेको सिसा हातमा बोकेर प्रहरीलाई र आफैँ समेतलाई हानेर चोट पुर्याएको महानगरीय प्रहरी कार्यालयले आज एक विज्ञप्ति मार्फत जनाएको छ । उनीहरुले प्रहरी प्रभागमा तोडफोड गर्नुका साथै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त...