Sunday, May 19
Shadow

छलफलका लागि प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै


  • -इ
  • इ+

काठमाण्डौँ, माघ १६
प्रचण्ड-नेपाल पक्षबाट निर्वाचन आयोगमा तीन जना जाने भएका छन्।

आज साढे ११ बजे आयोगले अध्यक्ष ओली पक्ष र प्रचण्ड पक्षका ५/५ जनालाई छलफलका लागि बोलाएको छ।

प्रचण्ड-नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ती प्रधान जान लागेका हुन्।

अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल नै जाने तयारी भए पनि उपत्यका बाहिर भएकाले तीन जना मात्र जाने राजेन्द्र पाण्डेले जानकारी दिए।

ओली पक्षबाट भने महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङनै निर्वाचन आयोगमा जाने भएका छन् ।

त्यस्तै कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल र कानुनविदहरु बाबुराम दाहाल तथा रमेश बडाल निर्वाचन आयोग जाँदै छन्।

निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोगले बुधबार पत्राचार गरेको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares