Tuesday, August 18
Shadow

Author: Interview Nepal

यी खाद्यपदार्थले बढाउँछ स्मरण शक्ति

यी खाद्यपदार्थले बढाउँछ स्मरण शक्ति

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौँ, माघ ९ । मस्तिष्क मानव शरीरको एक महत्त्वपूर्ण र संवेदनशील अङ्ग हो । मस्तिष्कले नै शरीरको सम्पूर्ण भागलाई नियन्त्रणमा राख्ने काम गर्छ । मानिसले गर्ने हरेक क्रियाकलापमा मस्तिष्कको महत्त्वपूर्ण भूमिका रहेको छ । मानिस सफल रअसफल हुनका लागि सकारात्मक सोच हुनु जरुरी छ । त्यसका लागि स्मरण शक्ति बलियो हुनुपर्छ । स्वस्थ मस्तिष्कका लागि भोजनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । तपाईँले खानु भएको खानाले तपाईँको मस्तिष्कलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । जसले स्मृति र एकाग्रता जस्ता विशिष्ट मानसिक कार्यहरू सुधार गर्न सक्दछन्। स्मरण शक्ति ह्रास हुनबाट बचाउनको लागि स्वस्थ जीवनशैली हुनुपर्छ । यस्तै योग, ध्यान, प्राणायाम जस्ता विधिले पनि मस्तिष्कको कार्य सञ्चालनलाई सही राख्छ । सामान्यता स्वास्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ । म...
सुनचाँदीको कोटा प्रणाली खारेज गर्न माग

सुनचाँदीको कोटा प्रणाली खारेज गर्न माग

आर्थिक, मुख्य समाचार
काठमाडौं, माघ ९ । सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग आज भएको छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले कोटा प्रणाली खारेजीका लागि सहयोग गर्न आग्रह गरेका हुन् । महासङ्घका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायीका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाध रुपमा व्यवसाय सञ्चालनको लागि निर्यात प्रबद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, कच्चा सुन प्रशोधन केन्द्र स्थापना गरिनुपर्ने लगायतका विषय कार्यान्वयनका लागि सहयोगको अपेक्षा गरेको बताउनुभयो । सो क्रममा अध्यक्ष गोल्छाले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकमार्फत दैनिक १० किलो...
.कलाकार मिश्रा ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत

.कलाकार मिश्रा ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत

मनोरञ्जन, मुख्य समाचार
काठमाण्डौं, माघ ९ । चर्चित भोजपुरी गायक एवं नेपाली चलचित्रका नायक श्याम कुमार मिश्रालाई ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरिएको छ ।शुक्रबार वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रम उनलाई पुरस्कृत गरिएको हो । । उनले भोजपुरी गीतबाट सर्वोत्कृष्ट अवार्ड पाएका हुन् ।कपिलवस्तुको कृष्णनगर निवासी श्याम भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्यक्तित्व हुन् । नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष रहेका मिश्रा गत स्थानीय निर्वाचनमा उनी कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार समेत भएका थिए । कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढ्ने सोच बनाएका मिश्रा यस्ता खाले सम्मानले आफुलाई थप उर्जा मिल्ने बताउँछन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख...
प्रचण्ड र बाबुरामबीच गोप्य भेटवार्ता

प्रचण्ड र बाबुरामबीच गोप्य भेटवार्ता

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ९ । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार साँझ गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित बनेको बेला प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । प्रचण्ड नेपाल समूहले जस्तै भट्टराईले पनि ओलीको कदमको चर्को विरोध गर्दै आएका छन् । यही बीचमा दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । लैनचौरस्थित एक घरमा भएको छलफलमा ओलीको कदमविरुद्धको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतको दावी छ ।...
प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ आज पनि हेर्दाहेदैमा

प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ आज पनि हेर्दाहेदैमा

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ९ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानून व्यवसायीहरूको बहस नसकिएपछि जारी सुनवाइ हेर्दाहेर्दैमा आइतबार लागि तोकिएको छ । आजको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईँ, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसाद लगायतले बहस गरेका हुन । जारी बहसमा आज पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गरेको विषय वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो । ६ दिनसम्म गरिएको सुनवाइका क्रममा १३ वटा रिटमध्ये ५ वटा निवेदनको सुनुवाइ सकिएको छ। शुक्रबार अधिवक्ता सालिकराम सापकोटाले दायर गरेको पाँचौ नम्बरको रिट निवेदनसम्मको सुनुवाइ सकिएको हो। विषय वस्तु केन्द्रित बहसका क्रममा ३४ जना वकिलहरुले धारणा राखेका छन्। बिहीबार र शुक्रबार ९र९ जना कानुन व्यवसायीले निवेदकको पक्षमा ...
पहिलो चरणमा प्रदेश-२, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन हुन्छ :  प्रधानमन्त्री

पहिलो चरणमा प्रदेश-२, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन हुन्छ : प्रधानमन्त्री

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुने बताएका छन् । उनले भने, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहम भूमिका निर्वाह गर्ने बेला आएको छ ।’ सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश–२ सहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु’, उनले भने । उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले...
प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने प्रचण्डको चेतावनी

प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने प्रचण्डको चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिए । अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उनले बताए । विसं २०६२र०६३ को जनान्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उनले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने विचार राखे । उनले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएपछि राजनीतिक स्थायित्व होस्, रोजगा...
कोरोनाबाट आज ७ को मृत्यु, ३०२ संक्रमित थपिए, ४८० जना संक्रमणमुक्त

कोरोनाबाट आज ७ को मृत्यु, ३०२ संक्रमित थपिए, ४८० जना संक्रमणमुक्त

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६३ हजार ३४८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।...
आगामी बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने

आगामी बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ९ । आगामी बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते ९बुधबार० बाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ गतेबाट खोप लगाउन शुरु गरिने जानकारी दिएका हुन् । उनले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे । शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका थिए । मुलुकमा कोरोनालाई पराजित ...
बदलिँदो राजनीतिक सस्कार , जताततै भ्रष्टाचार र अशान्तीको घेरा

बदलिँदो राजनीतिक सस्कार , जताततै भ्रष्टाचार र अशान्तीको घेरा

विचार
काठमाडौं । नेपालमा पछिल्लो समय बदलिँदो राजनीतिक जुन दलपिक्षे एक आपस झगडा अनि मोड्मुटाब भैरएको छ । जुन ब्याक्ती शक्तिमा हाबि हुने दाउमा छन । राजनीतिक सिद्धान्त र बिचार मा भन्दा पनि शक्ति र पावर पछि नेता लगाएत कार्यकर्ता तछाड मछाड गरि हिडिरहेको देखिन्छ । यस्तो परिस्थितिले गर्दा जनता र कार्यकर्ता नेता बिच त्यति बिश्वास पनि घट्दै गएको छ । यस्तो परिपाटीले देशमा अशान्ति ,हिंसा ,दण्ड निमत्याउने गर्छ । राजनीतिक दलले गरेको यस्तो प्रभावले गर्दा जनता यसको विकल्प राजा हुन कि भन्ने महसुस गर्न थालिसके । जनताले लोकतन्त्र गणतन्त्र को लागि अमुल्य योगदान र बलिदान पनि दिइसकेको छ । नेपालमा राजनीतिक सस्कारले सासक मात्र जन्माएको हो भन्ने जनता मा भान भैसकेको छ । नेपाल मा बिकास छैन जुन अबिकसित अराजकता मात्र भएको देखिन्छ । र जताततै भ्रष्टाचार मौलाउदै गएको छ जुन एसिया कै एक नम्बर भ्रष्टाचारको देश बनेको छ । का...