Thursday, April 25
Shadow

प्रचण्ड नेपाल समुहले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै, ५० हजार नागरिक उतार्ने तयारी


  • -इ
  • इ+

काठमाडौं, माघ १७ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शनिबार० सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शक्ति प्रदर्शन गर्दैछ ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सम्बोधन गर्नेछन् ।

धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका नेता तारालामा तामाङले जानकारी दिएका छन् । धनगढीको दुई ठाउँबाट र्‍याली निकालिने लामाले जानकारी दिएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सो समूले यसअघि काठमाडौं, बुटबल, विराटनगरलगायतका ठाउँमा विरोध सभाको आयोजना गरिसकेको छ ।

आउँदो माघ २८ गते नेकपाले काठमाडौंमा दुई लाख नागरिक उतार्ने गरी अहिलेसम्मकै विशाल शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । पछिल्लो समय नेकपाको विरोध प्रदर्शनमा नागरिक सहभागिता उल्लेख्य रुपमा बढ्दै गइरहेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares