Thursday, March 28
Shadow

नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश


  • -इ
  • इ+

काठमाडौँ , माघ २० । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकताको विवाद चरणवद्ध प्रक्रियामा प्रवेश गर्ने अवस्था देखिएको छ ।

राजनीतिकरुपमा विभाजन भए पनि प्रचण्ड र ओली दुवै पक्षले निर्वाचन आयोगमा यसअघि आधिकारिकताको दाबी गर्न नपर्ने जिकिर गर्दै आएका थिए ।

सो जिकिरलाई मध्यनजर गर्दै आयोगले पार्टी कानुनीरुपमा एक रहेको निर्णय गरेको एक सातापछि सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रचण्ड र माधव नेपाल पक्षले आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो ।

सो निर्णयअनुरुप आधिकारिकता दाबी गर्दै निवेदन दिएमा आधिकारिकता विवाद कानुनी प्रक्रियाअनुरुप टुंग्याउने दिशातर्फ अघि बढ्ने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares