Saturday, October 31
Shadow

Author: Interview Nepal

सामान्य रोजगारीको लागि विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ– कमल थापा

सामान्य रोजगारीको लागि विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ– कमल थापा

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीको लागि प्रचुर सम्भावना भएको नेपालबाट समान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा श्रमिकहरु निर्यात गर्ने अवस्थाको अन्त्य गर्न देशमा उद्योग, कलकारखानाहरु खोल्नेतर्फ राज्यले दिर्घकालिन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्ने बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालिन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरुलाई २०४६ पछि निजिकरणका नाममा कौडीको मूल्यमा बिक्रि गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दैं श्रमिकहरुलाई समेत विस्थापित बनाएको आरोप लगाए । कम्युनिष्ट र कांग्रेसको अदुरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पुर्याइएको दावी गर्दै थापाले कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको एक मात्र पार्...
इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

आर्थिक, ब्यानर समाचार
काठमाडौँ, चैत ६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको जानकारी दिएको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानम...
गायक श्रेष्ठ को शब्द संगीतमा “सुन सरकार” डिजिटल बजारमा

गायक श्रेष्ठ को शब्द संगीतमा “सुन सरकार” डिजिटल बजारमा

मनोरञ्जन
महेन्द्र अधिकारी ललितपुर, चैत्र ६ । पछिल्लो समयका काठ क्षेत्रका निकै चर्चित गायक तथा सर्जक हुन् दिनेश श्रेष्ठ ,उनले र्सिजना गरेका गित अहिले टिकटक देखी लिएर सामाजिक संजालमा निकै भाइरल छन् । एक पछि अर्को गरि उनले नयाँ नयाँ दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने गित गाउने देखि लिएर र्सिजना समेत गरेका छन् । श्रेष्ठ गित संगित क्षेत्रमा लागेको धेरै समय भयो तर नेपालमा कोरोना भाइरस आयो सरकारले लकडाउन लगायो त्यस पछि गायक दिनेश श्रेष्ठले गायका गित र र्सिजना गरेका गित एकका एक भाइरल हुन पूग्यो । चौतर्पिm सामाजिक संजालमा देखीन लाग्यो यसरी एक पछि अर्को गरी उनले लिएर आएका गित भाइरल भए यही गितहरुको अपार सफलता पछि उनको अर्को राष्ट्रिय गित “सुन सरकार” गित पनि बजारमा सार्वजानिक भएको छ । अहिलेको राजनितिक घटना क्रम लाई ध्यानमा राखि व्यंग्यात्मक राष्ट्रिय गित “सुन सरकार , नेपालको राजनितिक घटना क्रम र नेताहरु...
छोरी भएर बाँच्दा…

छोरी भएर बाँच्दा…

मुख्य समाचार, विचार, समाचार, समाज
विकास पुडासैनी , आमा छोरी भनेको केहो ? मैले बाल मनबाट सोधेको पहिलो प्रश्न यहि हो । उ जमानामा मैले बिध्यालयबाट क ख रा चिनि सकेपछि मेरो बाल मस्तिष्कमा बनेको आमा पछिको दोस्रो शब्द छोरी ।मेरो यो प्रश्नले आमालाइ पक्कै छोएछ म अहिले पनि सम्झन्छु उहाँको त्यो उत्तर,आफू नहासी नहासी अरुलाइ हसाउन सक्ने जात नै छोरी हो बा ! मैले केहि बुझिन साँच्चै भन्ने हो भने मलाइ हसाउनु भनेको केहो नै थाहा थिएन । आमा यत्ती भनेर आफ्नो काममा लाग्नु भयो मेरो हातमा खाजाको कचौरि थमाएर । कचौराको खाजालाइ मैले भन्दा धेरै मलाइ खायो त्यो उत्तरले । उमेरले छ पुगेकी मलाइ अब बिसौँ बर्षको बन्न बाध्य बनायो । पहिले त मलाइ हसाउनु शब्दको अर्थ जान्नु थियो अनि जान्नु थियो धेरै कुरा । अहिले सम्झिँदा पनि अचम्म लाग्छ आमाले दिएको त्यो उत्तर उहाँको दिमागमा कहाँबाट आयो । उमेर बढदै गयो समय परिबर्तन भयो मेरो कक्षा फेरियो तर मैले खोज्न थालेको त्...
नवलपुरको कावासोतीमा दुर्घटना, १ जानको मृत्यु

नवलपुरको कावासोतीमा दुर्घटना, १ जानको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना ...
कोरोना प्रकोपः विश्वभर मृत्यु हुनेको संख्या २७ लाख नाघ्यो

कोरोना प्रकोपः विश्वभर मृत्यु हुनेको संख्या २७ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ, चैत ६ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ५२ हजार ४७० जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा २ लाख ८७ हजार ७९५ जना, भारतमा १ लाख ५९ हजार ४०५ जना, रूसमा ९३ हजार ८२४ जना, बेलायतमा १ लाख २५ हजार ९२६ जना, फ्रान्समा ९१ हजार ६७९ जना, इटालीमा १लाख ३ हजार ८५५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड २३ लाख ५७ हजार ४७४ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १० लाख ४ हजार ४६५ छ । यसमध्ये ८९ हजार १४० जनाको अव...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत ६ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो चौथो पटक बस्ने बैठक हो ।बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन तथा लोकसेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ सालको पुनस्र्थापित प्रतिनिधि सभा सदस्य तथा २०७० सालको संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो ।...
इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको रोमाञ्चक जित

इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको रोमाञ्चक जित

खेलकुद, मुख्य समाचार
काठमाडौँ , चैत ६ । इङल्याण्डविरुद्धको टी-२० सिरिजको चौथो खेलमा भारत विजयी भएको छ । गएराती सम्पन्न खेलमा भारतले इङल्याण्डमाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको हो । यो जितपछि भारतले ४ खेलको सिरिज २-२ ले बराबरी गरेको छ । अब सिरिजको अन्तिम र निर्णायक खेल शनिबार हुदै छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ पनि समातियो

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ पनि समातियो

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बर्दिया, चैत ६ । बर्दियाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर बिहीबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटेबाघलाई नियन्त्रणमा लिएको हो । मधुवन नगरपालिका–३ स्थित खाता जैविक मार्गको गौरी सामुदायिक वनमा डार्ट गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिएका छन् । यसअघि गएको बुधबार पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो । एक साताअघि मधुवन नगरपालिका–३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि निकुञ्जले त्यस क्षेत्रमा आठ वटा क्यामेरा जडान गरेको थियो । बिहीबार नियन्...
सरकारबारे काँग्रेसमा दुई धार !

सरकारबारे काँग्रेसमा दुई धार !

ब्यानर समाचार, राजनिती, विचार
काठमाडौं , चैत ६ । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेको बताउँदै आइरहेका छन् । काँग्रेस महामन्त्री डा। शशांक कोइराला भने केही दिनभित्रै काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइराला भने हप्ता १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वस प्रस्ताव दर्ता हुने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् । कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वासको प्रस्तावअघि बढ्ने र काँग्रेस नेतृत्वमा माओवादी केन्द...