Thursday, May 7
Shadow

Author: Interview Nepal

कोरिया रोजगारी सुरु गर्न सकस :  अझै एक महिना लाग्ने

कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ५ । भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लो पटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए । पछिल्लो समयमा कोरियामा कोरोना भाइरसको त्रास बढेको भन्दै कोरिया सरकारले सबै आप्रवासी कामदारलाई रोक लगाएको छ । ‘भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये कतिपयको रोजगारीमा कोरिया पुगिसक्नुपर्ने अवधि सकिने भएकाले चाँडो रोजगारी सुचारु गर्न आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘रोजगारी सुचारु गर्न कोरि...
नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ

नौ महिनामा ११ पटक बढ्यो इन्धनको भाउ

आर्थिक, पत्रपत्रिका, ब्यानर समाचार 2
काठमाडौं, चैत ५ । पछिल्लो साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ । अन्तराष्ट्रिय बजारमा लगातारा इन्धनको मूल्य बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । लगातार इन्धनको मूल्य बढ्दा त्यसको असर सार्वजनिक यातायत, हवाइ इन्धनलगायत हरेक उपभोग्य वस्तुको मूलयवृद्धि आकासिन थालेको छ भने विकास आयोजनाहरुसमेत महंगिने अवस्था सिर्जना भएको छ । तर, स्वचालित मूल्य प्रणालीअन्र्तगत भाउ बढाउँदा निगमले मूल्य स्थिरिकरण कोषको उपयोग गर्न भने अनकनाइ रहेको छ । लकडाउनको बेला अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्ष १९ चैत्रमा प्रतिलटिरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । कोरोना भाइरसको कारणले इन्धनको खपत हुँदा इन्धनको मूल्यमा गिरावट आएको थियो । त्यसप...
कसरी बढ्ने ?  :  अलमलमा खनाल–नेपाल समूह

कसरी बढ्ने ? : अलमलमा खनाल–नेपाल समूह

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ५ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ । पार्टीको अन्तरसंघर्ष संगठनको आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने राणीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही राणनीतिअनुरुप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेलापछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुवैले बोलेका छैनन् । बैठकमा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्बद्...
आजको मौसम :  मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

ब्यानर समाचार, मुख्य समाचार, मौसम, समाज
  काठमाडौं, चैत ५ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू(भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहेको छ । बिहीबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।...
आज २०७७ चैत्र ५ गते बिहीबारको राशिफल

आज २०७७ चैत्र ५ गते बिहीबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष धन खर्चको योग छ । स्वास्थ्य समस्या बल्झिएला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला । शैक्षिक क्षेत्र मध्यम रहला । मिथुन बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदाय...
नेपाल प्रहरीका दुई अधिकृतलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड

नेपाल प्रहरीका दुई अधिकृतलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , चैत ४ । नेपाल प्रहरीका दुई अधिकृतले ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड प्राप्त गरेका छन् । अर्वाड प्राप्त गर्नेमा ब्युरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारी छन् । संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रम अन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो । गएको फागुनमा भर्चुअलसभा मार्फत उक्त अवार्ड घोषणा गरिएकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आज एक समारोहका बीच प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले अवार्ड प्रदान गरे । ब्युरोका निर्देशक थापाले पुरस्कृत हुने प्रहरी कर्मचारीलाई बधाई दिँदै उक्त पुरस्कारले प्रहरी कर्मचारीको मनोबल उच्च बनाएको र अन्तरराष्ट्रिय जगतमा सङ्गठनको गरिमा बढाएको बताए । विसं २०६...
जग्गा विवादमा बालकको हत्या, ३ जना पक्राउ

जग्गा विवादमा बालकको हत्या, ३ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
जनकपुर, चैत ४ । बारामा पारिवारिक तथा जग्गा सम्बन्धी विवादका कारण १४ वर्षीय बालकको हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोलका १४ वर्षीय बालक शाहिद मंसुरीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारी रहको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरुले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी वडा नम्बर १० बेहरा टोलस्थित खाल्टोमा पुरेको अनुसन्धानबाट खुलेको छ । घरबाट बेपत्ता भएका बालक मंसुरीको शव गत फागुन २८ गते फेला परेको थियो ।...
मान्छे खान पल्किएको पाटेबाघ बर्दिया निकुञ्जको नियन्त्रणमा, यसरी  समातियो

मान्छे खान पल्किएको पाटेबाघ बर्दिया निकुञ्जको नियन्त्रणमा, यसरी समातियो

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ४ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा पाँचजना मान्छे मारेको नरभक्षी बाघ समातिएको छ। बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले वयष्क भाले बाघलाई नियन्त्रणमा लिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता डा। नरेश सुवेदीका अनुसार दिउँसो बर्दियाको गेरुवा गाउपालिका वडा नम्बर ४ स्थित राजिपुर क्षेत्रबाट बाघलाई समातिएको हो। उक्त बाघले तीन महिनादेखि उक्त क्षेत्रमा आतंक मच्चाउँदै आएको थियो। नौ महिनाको अवधिमा त्यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ। सुवेदीका अनुसार समातिएको बाघले मात्रै पाँचजनाको ज्यान लिएको छ। संयुक्त टोलीले मान्छे मार्ने अर्को बाघ नियन्त्रणमा लिनका लागि पनि टोली परिचालन गरिसकेको छ।...
विद्यार्थीमा भाइरल ज्वरो :  तीन विद्यालय बन्द

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द

मुख्य समाचार, शिक्षा, समाचार, समाज
डोटी, चैत ४ । डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिएको जनाइएको छ । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्य...
विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औँ नम्बरमा

विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औँ नम्बरमा

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत ४ । विश्वका सबैभन्दा प्रदूषित देशहरुको सूचीमा नेपाल १२ औँ नम्बरमा रहेको छ । स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनमा नेपाल विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा १२ औँ स्थानमा परेको हो । सबैभन्दा प्रदूषित मुलकको शीर्ष स्थानमा बंगलादेश, दोस्रोमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा मंगोलिया, पाँचौमा अफगानिस्तान रहेका छन् ।...