Saturday, October 31
Shadow

Author: Interview Nepal

पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना, अन्य ठाउँमा कस्तो ?

पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना, अन्य ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौँ, चैत ६ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।...
तपाईको आजको दिन कस्तो रहनेछ ?

तपाईको आजको दिन कस्तो रहनेछ ?

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसंग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधारोन्मुख हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मानसिक चिन्ता बढ्नेछ । शरीर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझमेलामा फस्नु पर्ला । प्रेम सम्बन्ध मध्यम रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविपरितको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक्तिबाट ...
चार लाख रुपैयाँ घुससहित वडा सचिव पक्राउ

चार लाख रुपैयाँ घुससहित वडा सचिव पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ५ ।काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेललाई पक्राउ गरेको हो । अधिकृत छैटौँ तहका पोखरेलले निर्माण सम्पन्नपछि बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरीपछि आयोगले बिहीबार रंगेहात पक्राउ गरेको हो। पोखरेललाई घुससहित उनकै कार्यकक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । आयोगले उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।...
काँग्रेसको नेतृत्वमा सरकार बनेर मङ्सिरमा चुनाव हुनसक्छ– महामन्त्री कोइराला

काँग्रेसको नेतृत्वमा सरकार बनेर मङ्सिरमा चुनाव हुनसक्छ– महामन्त्री कोइराला

मुख्य समाचार, राजनिती
मोरङ , चैत ५। नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार निर्माणका सम्बन्धमा नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीसँग वार्ता एवं छलफल भइरहेकाले चाँडै निर्णय हुने जानकारी दिए । उनले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउँदै तीन दलबीच सहज बहुमत पुग्ने हुनाले वर्तमान सरकार हट्ने दाबी गरे । महामन्त्री कोइरालाले संसद्को निर्वाचनका लागि तीन वर्ष समय रहे पनि नयाँ बन्ने सरकारले निर्वाचनको नयाँ मिति घोषणा गरी आगामी मङ्सिरमा निर्वाचन गर्ने सम्भावना रहेको छ भने । महामन्त्री कोइरालाले वर्तमान सरकारले संसद् विघटन गरेको हुनाले यसलाई कुनै पनि हालतमा समर्थन नगर्ने प्रष्ट पार्दै विगत तीन वर्षमा जनता खुशी हुने कार्य सरकारले नगरेको आरोप लग...
छोरी बलात्कार गर्ने जेल चलान

छोरी बलात्कार गर्ने जेल चलान

अपराध, मुख्य समाचार, समाचार, समाज
डोटी , चैत ५ । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याएर सजाय सुनाएको हो । गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निजलाई २५ वर्षे कैद सजाय सुनाएको बताइएको छ ।...
यातायात व्यवसायीहरुद्वारा भाडा बढाउन माग, बुझाए ध्यानाकर्षण पत्र

यातायात व्यवसायीहरुद्वारा भाडा बढाउन माग, बुझाए ध्यानाकर्षण पत्र

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , चैत ५। सार्वजनिक यातायात व्यवसायीहरुले सवारी भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन् । २०६९ सालदेखि एक पटक पनि भाडा समायोजन नभएको तर पेट्रोलियम पदार्थको मूल्य भने पटक–पटक बढेर अधिकतम एक सय १८ रुपैयाँ प्रतिलिटर पुगिसकेको भन्दै व्यवसायीहरुले अबिलम्ब भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । बिहिबार यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी भाडा समायोजन गरिदिन ध्यानाकर्षण पत्र बुझाएका छन् । २०६५ साल चैत २० गतेको सरकारी निर्णय अनुसार नै तय गरिएको वैज्ञानिक भाडा प्रक्रियाअनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत र सार्वजनिक सवारी साधनसँग सम्बन्धित बीमा, कर, बैंकिङ ब्याज, पार्टपुर्जा, टायर लुव्रिकेन्टस लगायतका अन्य कम्पोनेन्टहरुको आधारमा ६५ प्रतिशतलाई आधार मानी प्रत्येक आर्थिक वर्षको भाद्र म...
प्रधानमन्त्रीमा मेरो दाबी छैन, नयाँ सरकार अब छिट्टै गठन हुन्छ : प्रचण्ड

प्रधानमन्त्रीमा मेरो दाबी छैन, नयाँ सरकार अब छिट्टै गठन हुन्छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् । प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने पनि बताए । उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए । प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै प्रचण्डले सत्य, न्याय र विधिको सधै जीत हुने बताए । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताए । केन्द्रमा स...
कांग्रेसका प्रवक्ता शर्मा भन्छन् -अहिले नै कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन

कांग्रेसका प्रवक्ता शर्मा भन्छन् -अहिले नै कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत ५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकारको नेतृत्व लिन राजनीतिक वातावरण नबनेको बताएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीसँग प्रवक्ता शर्माले अहिलेकै अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण बनिनसकेको बताएका हुन् । यद्यपि, परिस्थिति बनेको अवस्थामा सरकारको नेतृत्व गर्ने परिस्थितिबाट नभाग्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा रहेको प्रवक्ता शर्माले बताए । आफूसँग भएका सांसदको संख्या र अन्य दलभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले कांग्रेसले धारणा तय नगरेको शर्माले बताए । एमाले, माओवादी केन्द्र, जनता समाजवादीभित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने प्रवक्ता शर्माले टिप्पणी गरे ।...
शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्बजनिक

शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्बजनिक

ब्यानर समाचार, समाचार
काठमाडौं , चैत ५ । प्रतिनिधि सभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्बजनिक भएको छ ।संसद सचिवालयले शुक्रबारको बैठकको सम्भावित कार्यसूची सार्बजनिक गरेको हो । शुक्रबारको बैठकमा सांसदहरु अनुपस्थितिको सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत हुने, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग, मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व राष्ट्रिय सभा एवं संबिधान सभा सदस्य अशोक कोइरालाको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । ...
सकियो नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाः १७ बुँदे प्रस्ताव पारित

सकियो नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाः १७ बुँदे प्रस्ताव पारित

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत ५ । नेकपा (एमाले) को नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको बताउदै उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । भेलाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । यस्ता निर्णय अदालतको फैसलाविपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यमा रहेको नेपाल(खनाल पक्षको भेलाको निष्कर्ष रहेको छ । ओलीका विभिन्न गतिविधिप्रति दुस्ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुनस्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत...