Monday, May 11
Shadow

Author: Interview Nepal

कोरोनाविरुद्धको खोप अभियान हालका लागि स्थगित, यस कारण गरियो

कोरोनाविरुद्धको खोप अभियान हालका लागि स्थगित, यस कारण गरियो

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , चैत ४ । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान हालका लागि स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको ९आईसीएस० बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो । बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताए । अग्रिम भुक्तानी गरेको खोप आधा मात्रै आएको र कोभ्याक्स सुविधाको खोप पनि लक्ष्यअनुसार नआएको तथा खोप आउने सुनिश्चित नभएपछि अहिलेलाई खोप अभियान स्थगित गर्ने निर्णयमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी मङ्गलवार ९हिजो०...
ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल-खनाल भने नजाने

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल-खनाल भने नजाने

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि बिहान ११ बजे बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले बताए । बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको छ । ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ ।...
कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८. ६३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८. ६३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
  काठमाडौँ, चैत ४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।कक्षा ११ को आंशिकर ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।...
नेपाल-खनाल पक्षको कार्यकर्ता भेलाः नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत, के के भयो आज  ?

नेपाल-खनाल पक्षको कार्यकर्ता भेलाः नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत, के के भयो आज ?

ब्यानर समाचार 2, मनोरञ्जन, मुख्य समाचार, राजनिती
काठमाडौँ , चैत ४ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु भएको छ । भेलामा देशका ७७ वटै जिल्लाबाट ४ हजारभन्दा बढी कार्यकर्ता सहभागी भएको नेपाल-खनाल पक्षले जानकारी दिएकोछ । राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउने विषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । पार्टीका पूर्वअध्यक्ष तथा बरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा आयोजित भेलामा बरिष्ठ नेता कमरेड माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन् । अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृ...
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
बर्दिया , चैत ४ । बर्दियामा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्ज मुख्य क्षेत्रभित्रै पर्ने ठाकुरबाबा नगरपालिका– ७ मोहनपुर बस्ने ६२ वर्षीया डल्ली रावतको बाघको आक्रमणबाट मृत्यु भएको हो । निकुञ्जको बघौरा फाँटामा उनलाई बाघले आक्रमण गरेको थियो । निकुञ्जभित्र घाँस–दाउरा काट्न गएका वेला उनलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । उनीसँगै घाँस–दाउरा काट्न गएका महिलाले गाउँमा फर्किएर आई बाघले आक्रमण गरी लगेको खबर गरेपछि निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरीको टोलीले रावतको खोजी थालेका थिए । रावतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । निकुञ्ज प्रशासनले निकुञ्ज क्षेत्रमा अनुमतिविना प्रवेश निषेध गरेको छ । तर, गोप्य बाटो प्रयोग गरी अवैध रूपमा प्रवेश भइरहेकाले जोखिम बढेको निकुञ्जका...
बन्दुकधारीको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु

बन्दुकधारीको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, चैत ४ । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५० जनाको ज्यान गएको छ। मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारणको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तिलाबेरी क्षेत्रको बजारबाट चारवटा सवारी सधानमा आउँदै गरेका मानिसलाई लक्षित गरेर बन्दुकधारीले आक्रमण गरेका हुन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । घटना सोमबार भएको हो । अहिले सो क्षेत्रमा दुईवटा बिद्रोही समूह सक्रिय छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय छ ।...
टि-२० क्रिकेट सिरिजः भारतविरुद्ध इंग्ल्यान्डको सहज जित

टि-२० क्रिकेट सिरिजः भारतविरुद्ध इंग्ल्यान्डको सहज जित

खेलकुद
काठमाडौं , चैत ४ । इंग्ल्यान्डले घरेलु टिम भारतलाई टि-२० क्रिकेट सिरिजको तेस्रो खेलमा पराजित गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेको हो । नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ४६ बलमा अविजित ७७ रन बनाएका थिए । त्यस्तै, रिषभ पन्तले २५ र हार्दिक पाण्ड्याले १७ रन जोडे। बलिङतर्फ इंग्ल्यान्डका मार्क वोडले तीन र क्रिस जोर्डनले दुई विकेट लिए । १५७ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १८.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । इंग्ल्यान्डका जोश बटलरले उत्कृष्ट ब्याटिङ गरे । उनले ५२ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा अविजित ८३ रन बनाए। त्यस्तै, जोनी बैरस्टोवले २८ बलमा अविजित ४० रन जोडे । भारतका वासिङटन सुन्दर र युज्भे...
कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी

मुख्य समाचार, स्वास्थ्य
काठमाडौं, चैत ४ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ। मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेको हो। ‘उहाँको अवस्था गम्भीर छ,’ अस्पतालका कम्युनिकेसन तथा पिआर प्रमुख सोमनाथ बाँस्तोलाले भने, ‘भेन्टिलेटरमा राखेर उपचार जारी छ।’जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो। पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन्।‘आफैंले श्वासप्रश्वास गरेपछि केही दिन भेन्टिलेटरको सपोर्टबिना राखिएको थियो। अवस्था बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेका छौं। हाल भेन्टिलेटरमै उहाँको उपचार जारी छ,’ बाँस्तोलाले बुधबार बिहान विज्ञप्ति निकालेर भनेका छन्।...
निर्देशक टिका अर्याल समेतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूदको सहभागितामा मदरसा सर्वेक्षण

निर्देशक टिका अर्याल समेतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूदको सहभागितामा मदरसा सर्वेक्षण

समाचार, समाज
कृष्णनगर,कपिलवस्तु चैत्र ४। शिक्षा तथा समाजिक विकास निर्देशनलय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्याल लगायतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको सहभागितामा कृष्णानगरमा रहेका मदरसाहरुको अनुगमन गरिएको छ। कृष्णानगर नगरपालिका वडा नं ३मा रहेको आयसा गर्लस कालेज,जामिया सिराजुलवलुम र वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया मदरसाको भौतिक पूर्वधार विद्यार्थी संख्या, शिक्षक संख्या, खेलकुद मैदान लगायत मदरसाका अन्य पक्षको अनुगमन गरिएको छ।मदरसामा रहेका शिक्षक विद्यार्थी व्यवस्थापन समितीका पदाधिकारी संग छलफल समेत गरिएको छ। त्यहि निरीक्षणका क्रममा शिक्षा तथा समाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्यालले मदरसा बोर्ड गठन भए पछि प्रदेश भित्र रहेका मदरसाहरु लाई मूलप्रवाहिकरण गर्न हामीहरु लागि रहेको प्रदेश सरकारले प्रदेश ‌भित्र रहेको मदरसा लाई केही...
नेपाल- खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु

नेपाल- खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ४ । नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता९कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल नेपाल समूहले भेला गर्न लागेको हो ।...