Monday, May 11
Shadow

Author: Interview Nepal

छोरी बलात्कार गर्ने जेल चलान

छोरी बलात्कार गर्ने जेल चलान

अपराध, मुख्य समाचार, समाचार, समाज
डोटी , चैत ५ । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याएर सजाय सुनाएको हो । गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निजलाई २५ वर्षे कैद सजाय सुनाएको बताइएको छ ।...
यातायात व्यवसायीहरुद्वारा भाडा बढाउन माग, बुझाए ध्यानाकर्षण पत्र

यातायात व्यवसायीहरुद्वारा भाडा बढाउन माग, बुझाए ध्यानाकर्षण पत्र

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , चैत ५। सार्वजनिक यातायात व्यवसायीहरुले सवारी भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन् । २०६९ सालदेखि एक पटक पनि भाडा समायोजन नभएको तर पेट्रोलियम पदार्थको मूल्य भने पटक–पटक बढेर अधिकतम एक सय १८ रुपैयाँ प्रतिलिटर पुगिसकेको भन्दै व्यवसायीहरुले अबिलम्ब भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । बिहिबार यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी भाडा समायोजन गरिदिन ध्यानाकर्षण पत्र बुझाएका छन् । २०६५ साल चैत २० गतेको सरकारी निर्णय अनुसार नै तय गरिएको वैज्ञानिक भाडा प्रक्रियाअनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत र सार्वजनिक सवारी साधनसँग सम्बन्धित बीमा, कर, बैंकिङ ब्याज, पार्टपुर्जा, टायर लुव्रिकेन्टस लगायतका अन्य कम्पोनेन्टहरुको आधारमा ६५ प्रतिशतलाई आधार मानी प्रत्येक आर्थिक वर्षको भाद्र म...
प्रधानमन्त्रीमा मेरो दाबी छैन, नयाँ सरकार अब छिट्टै गठन हुन्छ : प्रचण्ड

प्रधानमन्त्रीमा मेरो दाबी छैन, नयाँ सरकार अब छिट्टै गठन हुन्छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् । प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने पनि बताए । उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए । प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै प्रचण्डले सत्य, न्याय र विधिको सधै जीत हुने बताए । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताए । केन्द्रमा स...
कांग्रेसका प्रवक्ता शर्मा भन्छन् -अहिले नै कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन

कांग्रेसका प्रवक्ता शर्मा भन्छन् -अहिले नै कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत ५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकारको नेतृत्व लिन राजनीतिक वातावरण नबनेको बताएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीसँग प्रवक्ता शर्माले अहिलेकै अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण बनिनसकेको बताएका हुन् । यद्यपि, परिस्थिति बनेको अवस्थामा सरकारको नेतृत्व गर्ने परिस्थितिबाट नभाग्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा रहेको प्रवक्ता शर्माले बताए । आफूसँग भएका सांसदको संख्या र अन्य दलभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले कांग्रेसले धारणा तय नगरेको शर्माले बताए । एमाले, माओवादी केन्द्र, जनता समाजवादीभित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने प्रवक्ता शर्माले टिप्पणी गरे ।...
शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्बजनिक

शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्बजनिक

ब्यानर समाचार, समाचार
काठमाडौं , चैत ५ । प्रतिनिधि सभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्बजनिक भएको छ ।संसद सचिवालयले शुक्रबारको बैठकको सम्भावित कार्यसूची सार्बजनिक गरेको हो । शुक्रबारको बैठकमा सांसदहरु अनुपस्थितिको सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत हुने, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग, मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व राष्ट्रिय सभा एवं संबिधान सभा सदस्य अशोक कोइरालाको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । ...
सकियो नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाः १७ बुँदे प्रस्ताव पारित

सकियो नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाः १७ बुँदे प्रस्ताव पारित

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत ५ । नेकपा (एमाले) को नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको बताउदै उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । भेलाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । यस्ता निर्णय अदालतको फैसलाविपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यमा रहेको नेपाल(खनाल पक्षको भेलाको निष्कर्ष रहेको छ । ओलीका विभिन्न गतिविधिप्रति दुस्ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुनस्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत...
७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, चैत ५ । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई रु २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए । पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्...
कांग्रेस नेता अशोक कोइरालाको निधन

कांग्रेस नेता अशोक कोइरालाको निधन

मुख्य समाचार, राजनिती
काठमाडौं , चैत ५ । राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । कोइराला २०४६ को प्रजातान्त्रिक आन्दोलनपछिको विराटनगरको पहिलो मेयर तथा संविधानसभाका सदस्य समेत हुन् । लामो समयदेखि अस्वस्थ रहेका ७७ वर्षीय कोइरालाको स्वास्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । निमोनियाको समस्या झेलिरहेका उनी घरैमा बेहोस भएपछि बुधबार अस्पताल भर्ना गरिएको जनाइएको छ । अशोक पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका कान्छा भाइ हुन् ।...
एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने

एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ४ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सूर्य चिह्नबाट निर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै सांसदहरुलाई बोलाइएको सांसद तथा एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यता ओलीले संसदीय दलको बैठक बोलाएपछि नेपाल-खनाल पक्षले भने बहिष्कार गर्ने भएको छ । एमालेका सचिव योगेश भट्टराईले आफुहरु राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त रहेको आजको संसदीय दलको बैठकमा नजाने बताएका छन् । उनले यसको जानकारी प्रधानमन्त्री ओलीलाई गराइएको समेत बताएका छन् ।...
भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघद्वारा सम्मानित

भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघद्वारा सम्मानित

समाचार, समाज
कृष्णनगर,कपिलवस्तु, चैत्र ५  । भारतका प्रसिद्ध कवि जामिया इस्लामियाका प्रोफेसर र जामिया इस्लामिया विश्वविद्यालय दिल्ली उर्दु शाखाका पूर्व अध्यक्ष तथा प्रसिद्ध शिक्षा विज्ञ र उर्दु साहित्यमा धेरै पुस्तकहरु लेखेर भारतमा पटक पटक पुरस्कृत भएका प्रोफेसर शहपर रसूल खां लाई कृष्णानगरमा रहेका राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा संघका पदाधिकारी हरुले दोसल्ला ओढाई सम्मानित गरेका छन। राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफीले नेपालमा बोलिने उर्दु भाषाको स्थितीको बारेमा प्रोफेसर शहपर रसूल लगायत उपस्थित अन्य लाई जानकारी दिदै हामी उर्दु भाषाको संरक्षण सम्बर्धनमा लाग्नु पर्ने कुरामा जोड़ दिए‌। लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले हाल नेपालमा हुन गइ रहेको जनगणनाको कार्यक्रम लाई ध्यानमा राख्दै उर्दु भाषि सक्रिय भएर लाग्न अनुरोध गरे। मदरसाहरुलाई...