Friday, April 26
Shadow

संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठक बहिस्कार गर्ने नेपाल पक्षको निर्णय


  • -इ
  • इ+

काठमाडौं, चैत ६ । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बोलाएको केन्द्रीय र स्थायी कमिटी बैठकमा नेपाल–खनाल समूह सहभागी नहुने निर्णयमा पुगेको हो ।

शुक्रबार बानेश्वरमा नेपाल समूहको बैठकले स्थायी कमिटी बैठकले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै सहभागी नहुने निर्णय गरेको हो ।

यसअघि पार्टीका बैठक संसदीय दलको कार्यालय सिंहदरबार वा संसद भवन नयाँ बानेश्वरमा बस्दै आइरहेको थियो । नेपाल पक्ष फागुन २८ गतेका निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल पक्षलाई सार्वजनिक कार्यक्रममापर्ःत बैठकमा सहभागी हुन आग्रह गर्दै आइरहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares