Thursday, May 2
Shadow

फोहोरको मुद्दामा ककनीका दलहरूको एक मत


  • -इ
  • इ+

दिपेश न्यौपाने/ककनी- सिसडोल-बन्चरेडाडाको फोहोरमैलाको मुद्दामा ककनी गाउँपालिकाका राजनीतिक दलहरू एक जुट भएका छन् । शुक्रवार फोहोरमैला र प्रभावित क्षेत्रको बारेमा गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्ष सुमन तामाङ (सज्जन) को अध्यक्षतामा बसेको सर्वदलीय बैठक बसेको छ ।

गाउँपालिका भित्र रहेका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथिमा बसेको सर्वदलीय बैठकले तीन बुदे निर्णय गरेको छ ।

१) बैठकले गाउँपालिका भित्रको फोहोरमैला प्रभावित क्षेत्रको वातावरणीय प्रभाव मुल्यांकन द्रुत प्रकृयाबाट गर्न र जमिन अधिकरन वा प्रतिस्थापन लगायत सबै प्रकृया आगाडी बढाउन नेपाल सरकारलाई अनुराेध गर्ने ।

२) फोहोरमैला प्रभावित क्षेत्रकाे विकास निर्माणलाई विशेष प्राथमिकता दिई नवीन कार्यहरु आरम्भ गर्ने ।

३) वि.स. २०७८/११/२६ र २०८०/१/२९ गतेका दिन मन्त्रीपरिषदले गरेका निर्णयहरु तत्काल कार्यान्वयन गर्न नेपाल सरकारलाइ अनुरोध गर्ने ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares