Friday, January 24
Shadow

तारकेश्वर नगरस्तरिय पशुपालन प्रथम वार्षिक साधारणसभा सम्पन्न


  • -इ
  • इ+

काठमाडौ – तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिले प्रथम वार्षिक साधारणसभा तारकेश्वर नगरपालिका – ६ को सभा हलमा सम्पन्न भयाे । तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिले प्रथम वार्षिक साधारणसभा तारकेश्वर नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा भएको थियो । तारकेश्वर-२को अध्यक्ष राधाकृष्ण खड्गी, वडा १का वडा अध्यक्ष विदुर सापकोटा आतिथ्यमा र तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिका अध्यक्ष ठाकुर प्रसाद अधिकारीकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।
स्वागत मन्तव्य संस्थाका सदस्य निर्मला अधिकारीले गर्नुभएको थयाे भने कार्यक्रममा कृषककाे तर्फबाट माधव प्रसाद तिमल्सिना , महिलाको तर्फबाट कमला ढकाल,राष्ट्रिय कृषक समूह माहासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी ,तानपा पशुपालन समितिका सल्लाहकार बलराम धिताल ,पशुपंछि बिकासका शाखा प्रमुख धनपती राय यादव , वडा अध्यक्ष एवं नगर प्रबक्ता राधाकृष्ण खड्गी र नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो मन्तव्य राख्नुहुदै म पनि किसानको छाेराे हु पशुपालन गर्ने किसानलाई हेर्ने नजर कस्ताे हुन्छ पीडा कति हुन्छ मेराे घरमा भेडा पाल्दाकाे अनुभव अझै ताजा रहेकाे छ । त्यसकारण पनि म किसान प्रती संवेदनशील छु ।
अवकाे दिनहरूमा झाेलामा राखिएको पशुपालन र कृषिका संस्थाले फाईदा लुट्ने जमानामा गयाे वास्तविक पशुपालन गर्ने किसानलाई खाेज्ने काम गरेकाे छ त्यसकाे लागि याे समितिका सदस्य लगायत अध्यक्ष ठाकुर प्रसाद अधिकारीकाे खुलेर प्रसंशा गर्नुभयाे । आगमि दिन पनि समितिलाई मेराे र नगरपालिकाको तर्फबाट भरपुर सहयोग रहेने कुरा बताउनु भयाे। समितिका अध्यक्ष एंब कार्यक्रमका सभापति ठाकुर प्रसाद अधिकारीले जसरि याे भन्दा अगाडि पशुपालक कृषककाे नाम बेचेर झाेलामा संस्था राखेर खान पल्केकाहरू यश संस्था स्थापन गरे लगत्तै सलबलाउनु थालेकाछन् हामी समावेशी र पुर्ण सहभागिता मुलक समिति निर्माण गरेर अगाडि बढिरहेका छाै रसबैलाई समेट्ने छाै । पशुपालक कृषककाे हक अधिकारका लडिरहनेछाै ।कार्यक्रम समितिका सचिव दिनश खड्काकोले संचालन गर्नु भएको थियाे।
प्रथम साधारणसभाले ठाकुर प्रसाद अधिकारीकाे अध्यक्षता १५ सदस्यीय पदाधिकारीहरू चयन गरेकाे छ।

समाचार र तस्बिर  श्रोत – सानुकाजी थापा

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares