Friday, May 10
Shadow

Tag: निर्वाचन आयोग

अघि बढ्यो चुनावको तयारी, चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता भने कायमै

अघि बढ्यो चुनावको तयारी, चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता भने कायमै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ११ । निर्वाचन आयोगले चुनावका लागि चाहिने सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । राजनीतिक वृत्तमा वैशाखमा तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै रहेका बेला आयोगले ७ दिने सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो । सार्वजनिक खरिद ऐन २०६४ र नियमावलीअनुसार नियमित प्रक्रियाबाट सामान खरिद गर्दा वैशाखमा चुनाव गर्न सम्भव नहुने भएकाले फास्टट्रकबाट सामाग्री खरिद गर्न बोलपत्र आह्वान गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार चुनावका लागि मतदान केन्द्रमा चाहिने सामाग्रीलाई ११ समूहमा विभाजन गरिएको छ । सरकारले तोकेको मितिमा निर्वाचन गराउनु आयोगको दायित्व भएकाले सामाग्री खरिद प्रक्रिया अगाडि बढाएको प्रवक्ता श्रेष्ठले बताए । ‘अब अदालतको निर्णय पर्खिदा हामी तोकिएकै समयमा निर्वाचन गराउन सक्दैनौं,’ उनले भने, ‘सामाग्री मतदान स्थलसम्म...
नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २९ । राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफँहरु नै नेकपाको आधिकारिक रहेको जिकिर गर्दै आयोगलाई प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका हुन् । नेकपाका प्रचण्ड र नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्ष नैै आधिकारिक रहेको बताउँदै आएको छ । माघ २० गते आफ्नो पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै नेकपाका प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेको थियो । उनीहरुले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफँहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै आएका छन् । आज ...
मध्यावधी निर्वाचनः आयोगले माग्यो अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ

मध्यावधी निर्वाचनः आयोगले माग्यो अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ

आर्थिक, मुख्य समाचार
काठमाडौं, माघ २१ । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्बभन्दा बढी बजेट माग गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन खर्च ७ अर्ब ७ करोड ९४ लाख ८० हजार चाहिने आयोगले बताएको छ । सो रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय आयोगले गरेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि सो रकम आवश्यक पर्ने भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ ।...
पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको आयोगलाई सुझाव-नेकपा विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्नुस्

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको आयोगलाई सुझाव-नेकपा विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्नुस्

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ १९ । नेकपाभित्रको विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्न निर्वाचन आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सुझाव दिएका छन्। सोमबार आयोगले बैशाखमा घोषणा भएको चुनाव, नेकपाभित्रको आधिकारिकताको विवाद समाधान लगायतका विषयमा छलफल गर्नका लागि पुर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको थियो। सरकारले प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गतेका लागि चुनावी तयारी सुरु गर्न आयोगलाई निर्देशन दिएपछि आन्तरिक तयारीमा रहेको आयोगले पूर्व प्रमुख आयुक्तहरु अयोधिप्रसाद यादव, निलकण्ठ उप्रेती, भोजराज पोखरेल र सूर्यप्रसाद श्रेष्ठसँग छलफल गरेको हो। नेकपाभित्रको विवाद समाधान, राजनीतिक दल दर्ताको सूचना प्रकाशनका विषयमा कसरी जाने भनेर छलफल गर्न बोलाएको थियो।छलफलमा नेकपाको एउटै दलभित्र देखिएको समस्या समाधान नगरी अघि बढ्दा त्यो प्रत्युत्पादक हुने भएकोले त्यसो नगर्न उनीहरुले सुझाव दिएका ...
दल दर्ता प्रक्रिया अघि बढाउने आयोगको तयारी

दल दर्ता प्रक्रिया अघि बढाउने आयोगको तयारी

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , माघ १७ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको छ । आयोगले हिजो नेकपाको दुवै समूहका नेताहरुसँग छलफल गरेर सरकारले निर्वाचनको मिति घोषणा गरीसकेकाले दल दर्ता प्रक्रिया अघि बढाउने संकेत गरेको हो । निर्वाचनसम्बन्धी काम अघि नबढाए तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन नसक्ने भन्दै आयोगले छलफल प्रक्रियाका लागि छलफल सुरु गरेको जनाएको छ । आयोगले निर्वाचनको आचार संहिता तयार पारिसकेको र अर्थमन्त्रालयसँग निर्वाचनका लागि बजेट माग्ने तयारी गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको काम पनि सँगैसँगै अघि बढाएको आयोगले जानकारी दिएको छ । यता गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल सम...
निर्वाचन प्रक्रिया अघि बढाउन नेकपा ओली समूहद्वारा आयोगलाई सुझाव

निर्वाचन प्रक्रिया अघि बढाउन नेकपा ओली समूहद्वारा आयोगलाई सुझाव

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १६ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)केपी शर्मा ओली समूहले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज बोलाएको परामर्श बैठकमा नेकपाका प्रतिनिधिले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल दर्ता प्रक्रिया अघि बढाउन सल्लाह दिएका हुन । बैठकमा नेता सुवास नेम्वाङ, मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका मन्त्री रामेश्वर फुयाँल, सांसद विमला पौडेल, अधिवक्ता बाबुराम दाहाल र रमेश बडाल सहभागी भएका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले आधिकारिकताका विषयमा आयोग एउटा टुङ्गोमा पुगिसकेकाले त्यही जगमा रही अन्य प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे ।सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले निर्वाचन तयारीका सम्बन्ध...
छलफलका लागि प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै

छलफलका लागि प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ १६ प्रचण्ड-नेपाल पक्षबाट निर्वाचन आयोगमा तीन जना जाने भएका छन्। आज साढे ११ बजे आयोगले अध्यक्ष ओली पक्ष र प्रचण्ड पक्षका ५/५ जनालाई छलफलका लागि बोलाएको छ। प्रचण्ड-नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ती प्रधान जान लागेका हुन्। अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल नै जाने तयारी भए पनि उपत्यका बाहिर भएकाले तीन जना मात्र जाने राजेन्द्र पाण्डेले जानकारी दिए। ओली पक्षबाट भने महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङनै निर्वाचन आयोगमा जाने भएका छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल र कानुनविदहरु बाबुराम दाहाल तथा रमेश बडाल निर्वाचन आयोग जाँदै छन्। निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोगले बुधबार पत्राचार गरेको थियो।...
निर्वाचन आयोगले भन्यो- मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्

निर्वाचन आयोगले भन्यो- मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् । मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने बताए । प्रमुख थपलियाले भने, “म...
नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ

नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र दाहाल–नेपाल दुबै समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्। निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘विवरण’ पेश गर्न भनेको थियो । सोही अनुरुप दुवै समूहले पत्र पठाएका हुन् । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए ।ओली समूहका नेता सुवास नेम्वाङ सहितको टोलीले आयोग पुगेर कागजात, जवाफहरु पेस गरेको हो । दाहाल९नेपाल पक्षले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै नै सबै बुझाइसकेको हुँदा अहिले जवाफमात्र पठाएको जनाइएको छ । आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको हुन । चुनाव चिन्ह, पार्टीको आधिकारिकता लगायतका विषयमा दुवै पक्षले आ९आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।...
पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल दिउँसो निर्वाचन आयोगमा छलफलका लागि जाने तयारी गरेका छन् । पुस ५ मा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजत भएको छ । तत्कालीन एमाले र माओवादी विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । पार्टी विभाजनसँगै नेकपा र सूर्य चिन्हका लागि दुवै समूहले दावी गर्दै आएका छन् । निर्वाचन आयोगमा नेकपा दर्ता हुँदा प्रमाणित भएका ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका भनि सनाखत गरिएको थियो । सनाखतमध्ये ६५ प्रतिशत बढि केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा रहेका छन् । दुई अध्यक्ष प्रणालीमा दर्ता भएको नेकपाको अब आधिकारिकता कता हुने भन्ने बहस जारी रहेको बेला छलफलका लागि प्रचण्ड–नेपाल निर्वाचन आयो...