Thursday, April 25
Shadow

पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै


  • -इ
  • इ+

काठमाण्डौँ, पुष २७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल दिउँसो निर्वाचन आयोगमा छलफलका लागि जाने तयारी गरेका छन् ।

पुस ५ मा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजत भएको छ ।

तत्कालीन एमाले र माओवादी विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले दलको मान्यता दिएको थियो ।

पार्टी विभाजनसँगै नेकपा र सूर्य चिन्हका लागि दुवै समूहले दावी गर्दै आएका छन् ।

निर्वाचन आयोगमा नेकपा दर्ता हुँदा प्रमाणित भएका ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका भनि सनाखत गरिएको थियो ।

सनाखतमध्ये ६५ प्रतिशत बढि केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा रहेका छन् ।

दुई अध्यक्ष प्रणालीमा दर्ता भएको नेकपाको अब आधिकारिकता कता हुने भन्ने बहस जारी रहेको बेला छलफलका लागि प्रचण्ड–नेपाल निर्वाचन आयोगमा जाँदै छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares