Tuesday, March 19
Shadow

Tag: निर्वाचन आयोग

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु, के गर्न पाइँदैन ?

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु, के गर्न पाइँदैन ?

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइने छैन। त्यस्तै, प्रत्येक मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने छ। स्थिर अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्विटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। ...
राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने, कारबाही गर्ने आयोगको चेतावनी

राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने, कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौं- निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ । आयोगले उमेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने बुधबार चेतावनी दिएको छ । निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उमेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।...
उम्मेदवारी फिर्ता लिन आज दिउँसोसम्म सकिने, चुनाव चिह्न पनि आजै दिइने

उम्मेदवारी फिर्ता लिन आज दिउँसोसम्म सकिने, चुनाव चिह्न पनि आजै दिइने

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौँ- निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिने गरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । यस पटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जनाको उम्मेदवारी परेको विवरण आयोगले मङ...
आजदेखि निर्वाचन आचारसंहिता लागू हुने

आजदेखि निर्वाचन आचारसंहिता लागू हुने

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्नगराउन निर्देशन दिएको हो । सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उ...
निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल तय गरेको छ । साथै आयोगले सबै ७७ वटै जिल्ला अन्तरगत पर्ने निर्वाचन क्षेत्रका मतदाता पनि सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतदानस्थल छुट्याएर विवरण सार्वजनिक गरेको हो । यस्तै महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि सार्वजनिक गरेको छ । आयोगले ​ मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको  छ । जसअनुसार कुल मतदाता संख्या १  करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।  आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । यस्तै...
निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

ब्यानर समाचार, राजनिती
काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत  गरेको हो । कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ भने मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ । आयोग स्रोतका अनुसार उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेख...
आयोगद्वारा नेकपाको एकीकरण खारेज, ‘नेकपा’लाई अब संसद् सचिवालयले नचिन्ने

आयोगद्वारा नेकपाको एकीकरण खारेज, ‘नेकपा’लाई अब संसद् सचिवालयले नचिन्ने

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , फागुन २६ । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई खारेज गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला कार्यान्वयन गराउने सम्बन्धमा मंगलबार बसेको निर्वाचन आयोगको बैठकले नेकपाको पार्टी एकीकरणलाई खारेज गर्ने निर्णय गरेको हो । आयोगको बैठकले एमाले र माओवादी केन्द्र एकीकरण भएर आयोगको दर्ता नम्बर १४५ मा रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० उत्प्रेषणका आदेशबाट बदर भएको भन्दै सर्वोच्चको आदेशअनुसार खारेज गर्ने निर्णय गरेको आयोगले जनाएको छ । एकीकरणबाट बनेको नेकपा खारेज गरेसँगै आयोगले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ववत् दलहरू कायम रहेको व्यहोरा जानकारी गराएको छ । साथै, आयोगले नेकपा दर्ता भएको पुरानो निर्णयलाई खारेज गरी नयाँ निर्णयअनुसार दुवै दलहरू साबिककै अवस्थामा कायम रहेको सूचना राजपत्रमा प्रकाशन गर्...
एमाले र माओवादी केन्द्र फरक दलका रुपमा बुझ्न निर्वाचन आयोगबाट स्पष्ट

एमाले र माओवादी केन्द्र फरक दलका रुपमा बुझ्न निर्वाचन आयोगबाट स्पष्ट

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागनु २५ । निर्वाचन आयोगले नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरी ती निकायलाई जानकारी गराउने भएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आआफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने निर्णयसहित एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै पक्षलाई आमन्त्रण गरेको छ । सर्वोच्च ...
विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै आयोगलाई फेरि प्रचण्ड–नेपाल समूहको पत्र

विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै आयोगलाई फेरि प्रचण्ड–नेपाल समूहको पत्र

मुख्य समाचार, राजनिती
काठमाडौ , फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई फेरि पत्र बुझाएको छ । आज आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि ताकेतापत्र बुझाएको बताए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया अघि बढाउने जानकारी दिएको पाण्डेले बताए ।...
नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन ५ पूर्वनिर्वाचन आयुक्तको आग्रह

नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन ५ पूर्वनिर्वाचन आयुक्तको आग्रह

ब्यानर समाचार, राजनिती, समाज
काठमाडौँ , फागुन १९ । पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सुर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा। अयोधीप्रसाद यादव र दोल्ख बहादुर गुरुङले विज्ञप्ति मार्फत निर्वाचन आयोगको निर्णय क्षमता र स्वयत्तताका विषयमा उठाइएका प्रश्नहरुले गम्भीर बनाएको उल्लेख गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नाम उल्लेख नगरीकन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आयोग अनिर्णयको बन्दी रहदा त्यसले मुलुको राजनीतिक प्रक्रियामा गम्भीर असर पर्नसक्ने भन्दै यथाशिघ्र निर्णय दिन आयोगलाई आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, आयोग अनिर्णयको बन्दी रहदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्न...