Friday, May 10
Shadow

Tag: निर्वाचन आयोग

निर्वाचन आयोगद्वारा निर्वाचन घोषणापछि विवाद निरुपण गर्न सकिने प्रावधान राखी नियमावली संशोधन

निर्वाचन आयोगद्वारा निर्वाचन घोषणापछि विवाद निरुपण गर्न सकिने प्रावधान राखी नियमावली संशोधन

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं , पुस २२ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको विवादपछि उत्पन्न राजनीतिक अवस्थालाई हेरी निर्वाचन आयोगले निर्वाचन घोषणापछि पनि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलभित्रको विवाद निरुपण गर्न सक्ने गरी दलसम्बन्धी नियमावली संशोधन गरेको छ । यसअघि राजनीतिक दलसम्बन्धी नियमावलीमा निर्वाचनको अवधिभर दलहरुबीचको विवाद निरुपण गरिने छैन भन्ने व्यवस्था थियो । नियमावलीमा रहेको उक्त प्रावधान संशोधन नगरी नेकपाभित्रको विवाद निरुपण नहुने र निर्वाचनमा जान सक्ने अवस्था नदेखेपछि आयोगले नियमावली संशोधन गरेको हो । निर्वाचनको मिति घोषणापछि अलमलको अवस्था नहोस्, राजनीतिक स्थायित्व होस्, दलहरु चुनाव प्रचारप्रसारमा जुटून र निर्वाचनको वातावरण बनोस् भन्ने हेतुले विगतमा नियमावलीमा यो अवधिमा विवाद निरुपण नगर्ने प्रावधान राखिएको थियो । नेकपाभित्रको विवादसँगै उक्त प्रावधान हटाइएको छ ...
निर्वाचन आयोगद्वारा मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

निर्वाचन आयोगद्वारा मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, पुस २१ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सरकारले २०७८ साल वैशाख १७ र २७ गते सोमबार दुई चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा गरिसकेको छ । आयोगबाट उक्त निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरु भइसकेको छ । स्वीकृत कार्यक्रमअनुसार यही पुस २३ गतेदेखि जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुनेछ । आयोगका...
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आफूहरु आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पाउनु पर्ने भनी दिएको निवेदनलाई निर्वाचन आयोगले फिर्ता गरेको दाबी गरेका छन्। तर निर्वाचन आयोगले भने सो निवेदन फिर्ता नभएको र यथाअवस्थामै रहेको जानकारी दिएको छ। ‘आयोगमा आएका कागजात फिर्ता हुने कुरा हुँदैन, त्यस्तो भएको छैन,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले नेपालखबरसँग भने ‘आधिकारिकताको कुरा पछि निर्णय हुन्छ।’ अर्को पक्षका नेताहरुले पनि ओलीकाे सो दाबी झूठो भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँगको एक भर्चुअल अन्तरक्रियामा साे दाबी गरेका थिए। ‘किनभने हामी आधिकारिक पार्टी हौं, हामीसँगै चिन्ह र बहुमत छ किन जानुपर्‍यो?,’ उनले भने, ‘चुनावै नलड्नेहरु उहाँहरुलाई सूर्य चिन्ह किन चाहिएछ?’ ‘झुठाे प्रचार’ तर यता प्रचण्ड–नेप...
माघ १५ देखि सबै पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने

माघ १५ देखि सबै पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १६ । निर्वाचन आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने अवधिभर पालिकाको केन्द्रमा गएर कुनै त्रुटी भए सच्याउन आयोगले आग्रह गरेको छ । यस्तै झुठो विवरण दिई कसैले नामावलीमा नाम समावेश गरेको भए यसै अवधिमा त्यसविरुद्ध उजुरी दिन पाइने छ । आयोगले सबै पालिका, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सबै सरोकारवालालाई मतदाता नामावली अद्यावधिक कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ ।...