Thursday, April 25
Shadow

नेकपाका दुबै समूहले बुझाए निर्वाचन आयोगमा जवाफ


  • -इ
  • इ+

काठमाडौँ, पुस २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र दाहाल–नेपाल दुबै समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्।

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘विवरण’ पेश गर्न भनेको थियो ।

सोही अनुरुप दुवै समूहले पत्र पठाएका हुन् । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए ।ओली समूहका नेता सुवास नेम्वाङ सहितको टोलीले आयोग पुगेर कागजात, जवाफहरु पेस गरेको हो ।

दाहाल९नेपाल पक्षले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै नै सबै बुझाइसकेको हुँदा अहिले जवाफमात्र पठाएको जनाइएको छ ।

आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको हुन । चुनाव चिन्ह, पार्टीको आधिकारिकता लगायतका विषयमा दुवै पक्षले आ९आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares