Thursday, April 18
Shadow

दल दर्ता प्रक्रिया अघि बढाउने आयोगको तयारी


  • -इ
  • इ+

काठमाडौं , माघ १७ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

आयोगले हिजो नेकपाको दुवै समूहका नेताहरुसँग छलफल गरेर सरकारले निर्वाचनको मिति घोषणा गरीसकेकाले दल दर्ता प्रक्रिया अघि बढाउने संकेत गरेको हो ।

निर्वाचनसम्बन्धी काम अघि नबढाए तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन नसक्ने भन्दै आयोगले छलफल प्रक्रियाका लागि छलफल सुरु गरेको जनाएको छ ।

आयोगले निर्वाचनको आचार संहिता तयार पारिसकेको र अर्थमन्त्रालयसँग निर्वाचनका लागि बजेट माग्ने तयारी गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको काम पनि सँगैसँगै अघि बढाएको आयोगले जानकारी दिएको छ ।

यता गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares