Sunday, March 17
Shadow

मध्यावधी निर्वाचनः आयोगले माग्यो अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड रूपैयाँ


  • -इ
  • इ+

काठमाडौं, माघ २१ । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्बभन्दा बढी बजेट माग गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन खर्च ७ अर्ब ७ करोड ९४ लाख ८० हजार चाहिने आयोगले बताएको छ ।

सो रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय आयोगले गरेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि सो रकम आवश्यक पर्ने भएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares