Monday, May 6
Shadow

Tag: मृत्यु

धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा छ घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।  ...
ट्याक्टर दुर्घटनामा सह-चालकको घटनास्थलमै मृत्यु

ट्याक्टर दुर्घटनामा सह-चालकको घटनास्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
ताप्लेजुङ , माघ ३० । ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ट्याक्टरका सह चालक पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका सुर्यमान राईको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको थियो । चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टरका चालक नुरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
सुनसरी , माघ २९ । सुनसरीको इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बेलका नगरपालिका ९ उदयपुरका ५४ वर्षीय राजेन्द्र शाह छन् । दुर्घटनापछि भाइते भएका शाहको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, माघ २८ । सुनुसरीको बराहक्षेत्र नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । पकली–रुपनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–४ का ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । साहको उपचारका क्रममा मंगलबार राति ८: ५० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु, २ जना घाइते

कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु, २ जना घाइते

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, माघ २४ । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । माटो खनेर खाल्डो भएको ठाउँ केही दिनअघि वर्षा भएका कारण गलेको कारण खन्न थाल्दा भत्किएको स्थानीयको भनाइ छ ।...
नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २० । नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु भएको छ । विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट विदुर–१० गेर्खुटारका १९ वर्षीय दिनेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसले उनलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको हो । घटनापछि चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच मृतकका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दैै सदरमुकाम विदुर र ढुङ्गेमा प्रर्दशन गरेका छन् ।...
सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १७ । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरू एकैदाजुभाईका छोरा र छोरी हुन् । नेचासल्यान गाउँपालिका-२ सल्यानका टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा सात वर्षका सुगम निरौला र पाँच वर्षकी गृष्मा निरौला रहेका छन् । प्रहरीका अनुसार मृतकमध्ये सुगम दाईको छोरा हुन् भने गृष्मा भाईको छोरी हुन् । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।...
आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
खोटाङ, माघ १७ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते हुनुभएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन् । वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ थिइन् । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए । हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी ...
चितवनमा बस र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

चितवनमा बस र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ७ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक आपसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर(४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका(२३ का सुनीलकुमार साह घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम ...
काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीया रिता खड्गी रहेकी छन् । ना ७ ख २२०९ नम्बरको ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँएको हो । गम्भिर घाइते भएकी उनको बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक श्रीमान जेन खड्गीको सामान्य घाइते छन् । ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साललाई पक्राउ गरिएको छ ।...