Thursday, April 25
Shadow

ट्याक्टर दुर्घटनामा सह-चालकको घटनास्थलमै मृत्यु


  • -इ
  • इ+

ताप्लेजुङ , माघ ३० । ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि ट्याक्टरका सह चालक पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका सुर्यमान राईको मृत्यु भएको हो ।

ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको थियो । चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टरका चालक नुरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares