Sunday, May 19
Shadow

Tag: मृत्यु

सुनसरीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते, चालक फरार

सुनसरीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते, चालक फरार

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौँ, माघ ६ । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । दुर्घटनामा मोरङ विराटनगर–१४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज–७ का १४ वर्षीय नीरज यादव, इनरुवा–८ का ५२ वर्षीय चन्द्र मेहता, राजविराज–७ का ३८ वर्षीय सुरेश मण्डल, भोक्राहानसिंङ–३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र–१० का २३ वर्षीय भरत यादव, इनरुवा–८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा–३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी रहेको प्रहरी ...
भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा किचेर १३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा किचेर १३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । भारतको गुजरातमा गएराति फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा १३ जनाको ज्यान गएको छ । सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरको मृत्यु भएको हो । त्यहाँको प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए । दुर्घटना सोमबार राति किम(मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो । फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको थियो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएको ट्रक मजदुर सुतिरहेको फुटपाथमा चढेको थियो।...
१६ वर्षीय किशोरीको एचआइभी एड्सबाट मृत्यु

१६ वर्षीय किशोरीको एचआइभी एड्सबाट मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । एचआइभी एड्सबाट सप्तरीको राजविराजमा एक किशोरीको मृत्यु भएको छ । आइतबार साँझ राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको मृत्यु भएको हो । स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।...
सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका-११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका- ४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका-८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् । मकवानपुर बाग्मती गाउँपालिकाकै २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३ । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारका क्रममा उहाँको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...
बाँकेमा कोरोनाबाट ८० बर्षिय महिलाको मृत्यु

बाँकेमा कोरोनाबाट ८० बर्षिय महिलाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २ । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो । रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दा पनि महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भइसकेको छ ।...
कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कञ्चनपुर, माघ २ । कञ्चनपुरमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपूरको कृष्णपुर नगरपालिका–५ आम्खैयामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी दुई वटै मोटरसाईकलका चालकको मृत्यु भएको छ भने पछाडी सवार २ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा रहेका छन् । कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यसैगरी दुर्घटनामा घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनाराको धनगढीमा उपचार भइरहेको छ । रातीको स...
बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

दुर्घटना, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २८ । बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताए । ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिनुभयो । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २७ । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ क ८३३३ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो । सोही दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।...
महोत्तरीको नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

महोत्तरीको नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २३ । हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो । उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो । ...