काठमाडौं, माघ २० । नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु भएको छ । विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट विदुर–१० गेर्खुटारका १९ वर्षीय दिनेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसले उनलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट घाइते तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको हो । घटनापछि चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच मृतकका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दैै सदरमुकाम विदुर र ढुङ्गेमा प्रर्दशन गरेका छन् ।