Wednesday, April 24
Shadow

Tag: मृत्यु

मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए । थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
कञ्चनपुर , फागुन २० । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिंगमा एक भारतीय नागरिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार ४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि गोली चलाएको हो । गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएको उनले बताए । मृतक भारतीय नागरिकको सनाखत हुन सकेको छैन । उनको उमेर अन्दाजी २५ वर्ष छ । मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको डिएसपी थापाले बताए ।     ...
भिर माथिबाट खसेको ढुङ्गाले लाग्दा बालिकाको मृत्यु

भिर माथिबाट खसेको ढुङ्गाले लाग्दा बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
डोटी , फागुन १९ । डोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मङ्गलबार साँझ टाउकामा ढुङ्गा लाग्दा मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जङ्गल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य दुई बालबालिका समेत रहेको तर ती बालबालिका भागेर बाँच्न सफल भएको स्थानीयवासी बलबहादुर पुजाराले जानकारी दिए ।  ...
बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
बाँके , फागुन १८ । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका९५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका९३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही माइक्रोबसले ठक्कर दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।...
कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १७ । कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। धनगढीबाट महेन्द्रनगरतर्फ छुटेको ना४ख १६६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका १४ का २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २ वाणीका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको बताए।- ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए।  ...
सेनिटाइजर सेवन गर्दा विराटनगरमा एकै दिन दुई जनाको मृत्यु

सेनिटाइजर सेवन गर्दा विराटनगरमा एकै दिन दुई जनाको मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागनु १७ । सेनिटाइजर पिएका विराटनगरमा एकै दिन दुई जनाको ज्यान गएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् । यस्तै झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको सेनिटाइजर पिएका कारण मृत्यु भएको छ । प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेका थिए । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् । पारिवारिक विवादपछि मण्डलले पनि शनिबार नै सेनिटाइजर ...
सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, फागुन १६ । सुनसरीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरी-१२ मा बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकल यात्री मोरङको उर्लाबारी–१ का ४१ वर्षीय मनोज खनाललाई ठक्कर दिएको हो । शुक्रबार साँझ पौने ७ बजे ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा राति साढे ८ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाज, सम्पादकीय, स्थानिय तह
भक्तपुर , फागुन ८ । भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।...
चर्किँदै आन्दोलन, दुई प्रदर्शनकारीको मृत्यु

चर्किँदै आन्दोलन, दुई प्रदर्शनकारीको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन ८ । म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । “आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने । घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए । एक अर्का स्वयम्सेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको सङ्ख्या दुई पुगेको पुष्टि गरे । म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारल...
दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन १ । दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए । सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ...