Thursday, March 28
Shadow

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • -इ
  • इ+

सुनसरी, माघ २८ । सुनुसरीको बराहक्षेत्र नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

पकली–रुपनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–४ का ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहको उपचारका क्रममा मंगलबार राति ८: ५० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares