Saturday, April 27
Shadow

कांग्रेसको आह्वानमा अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै


  • -इ
  • इ+

काठमाण्डौँ, पुष ६
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। बैठक आज अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा संसदमा सहभागी दललाई बोलायएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बैठक पार्टी कार्यालयमा बस्नेगरी अपरान्ह ४ बजेलाई बोलाइएको बताए ।

बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे स‌ंसदमा रहेका दलहरुसँग छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो।

कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूले हिजो पनि छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्।

आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संघीय संसदको प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएको थियो । सोही सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गते चुनाव गर्ने गरी प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । प्रधानमन्त्रीको यो कदमलाई लिएर देशभर प्रदर्शन हुन थालेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares