Friday, April 26
Shadow

आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २९
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी जोखिमका बीच आज काठमाडौंलगायत ७७ जिल्लामा सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।

काठमाडौंमा विभिन्न ठाउँबाट प्रदर्शनसहित कांग्रेस कार्यकर्ता शान्तिबाटिका आइपुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति बाटिकामा कोणसभालाई सम्बोधन गर्दैछन् ।

कांग्रेसले शीर्ष नेतालाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares