Sunday, May 19
Shadow

Month: August 2023

लोकतन्त्रमा सबै धर्म संस्कृतिले सम्मान सहितको समान अवसर

लोकतन्त्रमा सबै धर्म संस्कृतिले सम्मान सहितको समान अवसर

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनैपूर्णिमा र गाईजात्राका अवसरमा सम्पूर्णमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्नुभएको छ । जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताका लागि पनि यस्ता पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी रहेको बताउनुभएको हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व छन् । यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्दै सभापति देउवाले...
राष्ट्रिय योजना आयोग प्रति राष्ट्रिय सभा अध्यक्ष को कटाक्ष

राष्ट्रिय योजना आयोग प्रति राष्ट्रिय सभा अध्यक्ष को कटाक्ष

ब्यानर समाचार 2, समाचार
काठमाडौ - काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तीका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाउनुभएको थियो । उहाँले राष्ट्रिय योजना आयोगले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले योजनावद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर्दै त्यसतर्फ आयोगको ध्यान जान नसकेको बिसयमा कुरा गर्नुभयो । उहाँले खाद्य सम्प्रभुता, कृषि उत्पादनमा आत्मनिर्भर तथा जलवायु परिवर्तनको असरबाट बच्चका लागि क्षेत्रगत आवश्यकता तथा सम्भाव्यताका आधारमा स्पष्ट योजनासहित बजेटको तादम्यता मिल्नुपर्ने बताउनु भयो । उहाँले योजना आयोगले मुलुकको आवश्यकता अनुसार सरकारलाई एकिकृत योजनाहरु सुझाउन नसकेको आरोप लगाउनु भयो । उहाँले संसदीय समिति...
कुन कुन मन्त्रीको साँठगाँठमा विद्युत महसुल उठेन ! – सांसद प्रेम सुवाल

कुन कुन मन्त्रीको साँठगाँठमा विद्युत महसुल उठेन ! – सांसद प्रेम सुवाल

समाचार
काठमाडौं - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल उठाउन आनाकानी गरेकोमा संसदमा सरकार संग प्रस्न गरेका छन । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विद्युत महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरुसँग कुन-कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । सांसद प्रेम सुवालले भने कुलमान घिसिङले बिजुली महशुल १० अर्ब किन उठाउन सकेनन ?...
छानबिन गर आफै जेल जाऊ – पुर्व प्रधानमन्त्री केपी ओलि

छानबिन गर आफै जेल जाऊ – पुर्व प्रधानमन्त्री केपी ओलि

ब्यानर समाचार 2, समाचार
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टिस्टेटको जग्गाका विषयमा जवाफ दिएका छन् । सोमवार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै ओलीले गिरिबन्धु टिस्टेटको नाममा रहेको जग्गा पटक पटक गैरकानुनी रुपमा बेचबिखन गरिएको र त्यसलाई रोक्न र व्यवस्थित बनाउन आफुले कानुन बनाएको दावी गरेका छन् । उनले भनेका छन्, ‘बिना छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ ।’ ओलीले यति होल्डिंग्स, वाइडबडी र गिरिबन्धु सबैको छानवीन गर्न सरकारलाई चुनौति दिएका छन् । ओलीलाई केही समयदेखि गिरिबन्धु टिस्टेटमा माफियालाई जग्गा बेच्न सहजिकरण गरेको आरोप लागिरहेका बेला उनले त्यसको खण्डन गरेका हुन् । ...
पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र केपी ओलि सँगै

पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र केपी ओलि सँगै

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाण्डु, भाद्र - ११ राष्ट्रपति रामचन्द पौडेलले केही दिनअघि शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा नेपाल सहभागी हुने भएपछि ओली गएका थिएनन। एमाले विभाजनपछि दुई नेताबीचको तिक्तता घटेको छैन , थप बढ्दै गएको छ । एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा एकैसाथ देखिएका थिए । समितिको सभापति चयनका लागि भएको निर्वाचन प्रक्रियामा पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री सँगै बसेका छन । तर, एकअर्कासँग संवाद गरेनन्  संवाद गरेनन मात्रै होइन हेराहेर पनि गरेनन। नेपाल गएको कार्यक्रममा ओली जाँदैनन् । ओलीले संसद खुलाउन प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफूलाई नबोलाउन भनेकामा नेपालले आपत्ति नै जनाएका थिए ।...
भारतकाे त्याे चर्चित कम्युन र नेपाली कम्युनिष्टकाे धनार्जन दाैड – केदार सिटौला

भारतकाे त्याे चर्चित कम्युन र नेपाली कम्युनिष्टकाे धनार्जन दाैड – केदार सिटौला

ब्यानर समाचार 2, राजनिती, विचार
लेखक - केदार सिटौला भारतमा अनेकौं कम्युनिस्ट पार्टी छन्। तीमध्ये एउटा कम्युनिस्ट पार्टी हो सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया, जसलाई छोटकरीमा एसयुसिआई पनि भन्ने गरिन्छ। यो पार्टीको स्थापना शिवदास घोसले सन् १९४८ मा गरेका थिए । एसयुसिआइले मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओ र शिवदास घोसको विचारलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्छ । भारतका अन्य कम्युनिस्ट पार्टीको तुलनामा यो पार्टी के अर्थमा फरक छ भने यसले भारतको राष्ट्रिय चरित्रलाई विश्लेषण गर्दै यसलाई एकाधिकारवादी र साम्राज्यवादी झुकाव भएको पुँजीवादी देश मान्छ र भारतमा सिधै समाजवादी क्रान्ति गर्नुपर्ने प्रस्ताव गर्छ । त्यसअनुसार यस पार्टीले सामाजवादी क्रान्तिको तयारीलाई आफ्नो प्रमुख कार्यनीति बनाएको छ । अर्कोतिर भारतका अन्य कम्युनिस्ट पार्टीहरु अझै पनि भारतलाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक देश नै मान्छन्। अझै पनि भारतमा स...
नेकपा माओबादी भ्रष्टाचारको बिरूद्धमा लाग्ने :- मौलाना मशहूद

नेकपा माओबादी भ्रष्टाचारको बिरूद्धमा लाग्ने :- मौलाना मशहूद

ब्यानर समाचार 2, समाचार
- अजय मिश्र ,   कपिलवस्तु, भाद्र १० कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य सुकई थारु, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र अचार्य नेकपा माओबादी केन्द्र जिल्ला संयोजक बिष्णु वेलवासे, , सरिता अर्याल रहनुभयो ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि एहसान खानले माओबादीले सबैलाई अधिकार संविधानमा दिलायो तर पूर्ण कार्यनवयनमा ...
विद्यार्थी लाई सम्मान गर्दै फरकपत्र मिडिया द्वारा आफ्नो ११ औं वार्षिकोत्सव सम्पन्न

विद्यार्थी लाई सम्मान गर्दै फरकपत्र मिडिया द्वारा आफ्नो ११ औं वार्षिकोत्सव सम्पन्न

ब्यानर समाचार 2, समाचार
१० भदौ, काठमाडौं । फरकपत्र मिडियाले आफ्नो ११ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । भाद्र ९ गते शनिबार गरिएको औपचारिक कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट वक्तका रूपमा बागमती प्रदेशसभा सदस्य माननीय अमन मास्के रहेका थिए । कार्यक्रममा अतिथिहरुमा नागरिक सचेतना समाज नेपालका सल्लाहकार प्रा.डा. प्रदिपचन्द्र गौतम, अध्यक्ष प्रा. श्यामकृष्ण विष्ट, ग्रामिण आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. घनश्याम पुडासैनी, साउथवेस्टन स्टेट क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी, विकासप्रेमी पत्रकार तथा सामाजिक अभियान्ता श्रीराम फुटुङ्गे, राप्रपाका केन्द्रीय सदस्य उद्धवराज भेटुवाल, ग्रामसेवा मा.वि.का पूर्व प्रधानाध्यापक विष्णु पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका तारकेश्वर नगर कार्यवाहक सभाप...
३ महिने अभियानमा माओबादी केन्द्र जनताको घरघरमा पुग्ने छ :- उपाध्यक्ष मौलाना मशहूद

३ महिने अभियानमा माओबादी केन्द्र जनताको घरघरमा पुग्ने छ :- उपाध्यक्ष मौलाना मशहूद

ब्यानर समाचार 2, समाचार
- अजय मिश्र , कपिलवस्तु, भाद्र ७ कपिलवस्तु जिल्लाको कृष्णनगरको मुस्लिम कमिटी हालमा जनता संग माओबादी विशेष रूपान्तरण अभियान अनतर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको पूर्ण बैठक बसेको छ। नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खांको अध्यक्षता, प्रमुख अतिथिमा पूर्व मंत्री तथा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज (स्थायी कमिटी सदस्य) महेश्वर गहतराज अथक, विशिष्ट अतिथिमा पुर्व मंत्री तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य वकिल मुसलमान, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका कोषाध्यक्ष निर्दोष अली, कपिलवस्तु जिल्ला संयोजक (विष्णु बेल्वासे) अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका जिल्ला समान्वय समिति सदस्य तोफेल अहमद खां रहेका ...
कृष्णनगर ईलाका प्रहरी कार्यालय द्वारा १८ लाख ६० हजार बराबरको सामान बरामद

कृष्णनगर ईलाका प्रहरी कार्यालय द्वारा १८ लाख ६० हजार बराबरको सामान बरामद

ब्यानर समाचार 2, समाचार
अजय मिश्र , कपिलवस्तु, भाद्र, ३ ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ । पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र. नि. लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराज गन्ज नगरपालिका वडा न. ५ कन्चनिया बाट नियन्त्रणमा लिएको हो । काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडीमा (गाडीको अन्दाजी मुल्य १५,००,००० ।- पन्ध्र लाख) समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले...