१० भदौ, काठमाडौं । फरकपत्र मिडियाले आफ्नो ११ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । भाद्र ९ गते शनिबार गरिएको औपचारिक कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट वक्तका रूपमा बागमती प्रदेशसभा सदस्य माननीय अमन मास्के रहेका थिए । कार्यक्रममा अतिथिहरुमा नागरिक सचेतना समाज नेपालका सल्लाहकार प्रा.डा. प्रदिपचन्द्र गौतम, अध्यक्ष प्रा. श्यामकृष्ण विष्ट, ग्रामिण आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. घनश्याम पुडासैनी, साउथवेस्टन स्टेट क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी, विकासप्रेमी पत्रकार तथा सामाजिक अभियान्ता श्रीराम फुटुङ्गे, राप्रपाका केन्द्रीय सदस्य उद्धवराज भेटुवाल, ग्रामसेवा मा.वि.का पूर्व प्रधानाध्यापक विष्णु पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका तारकेश्वर नगर कार्यवाहक सभापति लक्ष्मण तिमिल्सिना, वरिष्ठ पत्रकार श्रीराम पुडासैनी, वरिष्ठ गायक तथा मनमैजु सांस्कृतिक समाजका अध्यक्ष धुर्वराज खड्का, कलाकार उत्तम कोदे, ऐश्वर्य सेवा समाजबाट युवराज बस्नेत, तारकेश्वर पत्रकार मञ्चका अध्यक्ष पुकार तिमिल्सिना, नेपाली काँग्रेसका नेता माधव तिमल्सिना, तारकेश्वर शैक्षिक मञ्चका सल्लाहकार शिवहरि लामिछाने, अध्यक्ष नवराज न्यौपाने, समाजसेवी जनार्दन अर्याल लगायतका वक्ताहरको सहभागिता रहेको थियो ।