काठमाण्डु, भाद्र – ११ राष्ट्रपति रामचन्द पौडेलले केही दिनअघि शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा नेपाल सहभागी हुने भएपछि ओली गएका थिएनन। एमाले विभाजनपछि दुई नेताबीचको तिक्तता घटेको छैन , थप बढ्दै गएको छ ।
एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा एकैसाथ देखिएका थिए ।
समितिको सभापति चयनका लागि भएको निर्वाचन प्रक्रियामा पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री सँगै बसेका छन ।
तर, एकअर्कासँग संवाद गरेनन् संवाद गरेनन मात्रै होइन हेराहेर पनि गरेनन। नेपाल गएको कार्यक्रममा ओली जाँदैनन् । ओलीले संसद खुलाउन प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफूलाई नबोलाउन भनेकामा नेपालले आपत्ति नै जनाएका थिए ।