Sunday, May 19
Shadow

कृष्णनगर ईलाका प्रहरी कार्यालय द्वारा १८ लाख ६० हजार बराबरको सामान बरामद


  • -इ
  • इ+

अजय मिश्र , कपिलवस्तु, भाद्र, ३

ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ ।

पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र. नि. लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराज गन्ज नगरपालिका वडा न. ५ कन्चनिया बाट नियन्त्रणमा लिएको हो ।

काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडीमा (गाडीको अन्दाजी मुल्य १५,००,००० ।- पन्ध्र लाख) समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares