काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल उठाउन आनाकानी गरेकोमा संसदमा सरकार संग प्रस्न गरेका छन ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विद्युत महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरुसँग कुन-कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । सांसद प्रेम सुवालले भने कुलमान घिसिङले बिजुली महशुल १० अर्ब किन उठाउन सकेनन ?