Monday, May 20
Shadow

छानबिन गर आफै जेल जाऊ – पुर्व प्रधानमन्त्री केपी ओलि


  • -इ
  • इ+

काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टिस्टेटको जग्गाका विषयमा जवाफ दिएका छन् ।

सोमवार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै ओलीले गिरिबन्धु टिस्टेटको नाममा रहेको जग्गा पटक पटक गैरकानुनी रुपमा बेचबिखन गरिएको र त्यसलाई रोक्न र व्यवस्थित बनाउन आफुले कानुन बनाएको दावी गरेका छन् ।

उनले भनेका छन्, ‘बिना छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ ।’

ओलीले यति होल्डिंग्स, वाइडबडी र गिरिबन्धु सबैको छानवीन गर्न सरकारलाई चुनौति दिएका छन् । ओलीलाई केही समयदेखि गिरिबन्धु टिस्टेटमा माफियालाई जग्गा बेच्न सहजिकरण गरेको आरोप लागिरहेका बेला उनले त्यसको खण्डन गरेका हुन् । ओलीले काण्डहरुको छानवीन गरे छानवीन गर्ने सरकारका अधिकारीहरु नै जेल जाने दावी पनि गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares