Tuesday, April 16
Shadow

तारकेश्वर नगरपालिकाको बाह्रौं नगर सभा सम्पन्न


  • -इ
  • इ+

तारकेश्वर नगरपालिकाको बाह्रौं नगर सभा तारकेश्वर नगरपालिका – ६ स्थित हेल्पिङ ह्यान्डको भवनमा सम्पन्न भयो। कार्यक्रम संचालन नगर प्रबक्ता राधाकृष्ण खड्गी ले गर्नुभएको थियो ।
सभाको सभाअध्यक्ष नगर प्रमुख कृष्णहरि महर्जनले गर्नुभएको थियो भने प्रमुख अतिथि पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान जि हुनुहुन्थ्यो । विषेश अतिथिहरुमा प्रदेश सांसद अमन मास्के , रामबिर मानन्धर , रामेश्वर बोहरा , बिष्णुभक्त तिमल्सिना हुनुहुन्थ्यो । अतिथि हरुमा नगरका राजनैतिक दलका प्रमुख/प्रतिनिधि हरु थिए ।प्रमुख अतिथिले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरिएको थियो । उद्घाटन पछि नगरप्रमुख कृष्णहरि महर्जनले नगरसभामा अर्धबार्षिक कार्यक्रमको समिक्षा सहित भएगरेका योजना र अब गरिने कार्यक्रम को पत्र बाचन गर्नुभएको थियो । स्वागत मन्तव्य विदुर सापकोटाले राख्नु भएको थियो भने वडा अध्यक्ष हरुको तर्फबाट नगरवासीको हितमा नगरबासी र नगरपालिका हातमा हात र साथमा साथ मिलाएर अधि बढने छ भन्नुभयो ।
नगरसभा लाई शुभकामना मन्तव्य दिने क्रममा राजनैतिक दलको तर्फबाट नेकपा एमालेका राजु तिमल्सिना ले नगरपालिका को योजनाहरुको उपभोक्ता समिति बनाउदा कोठे समिति हुने गरेकोले जनताको अपनत्व हुनेगरी समिति निर्माण गर्न सुझाव दिनुभयो । एक घर एक धाराको नारा राम्रो छ तर नारामा मात्रै सिमित नहोस् यो सप्पन्न गर्न एमालेले ले जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।
नगर सभा लाई शुभकामना मन्तव्य दिदै पुर्व नगर प्रमुख रामेश्वर बोहराले कर्मचारी पजनी गरेको बिषय , कर्मचारीले जनप्रतिनिधिको जस्तो काम गर्न खोज्ने र जनप्रतिनिधि कर्मचारी जस्तो बन्ने अवस्थालाई निरुत्साहित पार्नु पर्ने बिषय राख्दै नगरसभा लाई सफलता को शुभकामना दिनुभयो ।
प्रदेश सभा सदस्य अमन मास्के ले नगरपालिका र प्रदेशको साझा कार्यक्रम हरु बनाइ प्रदेश भित्रका नगरबासीको समृद्धि र बिकासका लागि आफू सदैब लागि पर्ने बाताउदै उहाले दिगो बिकास गर्नका लागि पुर्वाधार बिकासमा इन्जिनियरहरुको महत्त्वपूर्ण भुमिका हुने हुदा यस विषयमा इन्जिनियरहरुले गम्भीरतापुर्वक लिन आग्रह गर्नु भयो र नगर सभाको सफलताको लागि शुभकामना दिनुभयो ।
पुर्व राज्यमन्त्री रामबिर महर्जनले नगरवासिको हितमा नगरपालिकाले योजना बनाएर काम गरोस भन्ने भनाइ राख्दै नगरसभा लाई सफलताको शुभकामना दिनुभयो ।
शुभकामना दिनुहुदै प्रमुख अतिथि भिमसेनदास प्रधानले उपत्यकाको सबै नगरपालिका हरुले मिलेर कर र पर्यावरण लाई बचाउने बिषयमा सबै नगरपालिकाको एकरुपता हुनुपर्नेमा जोड दिनुभयो ।
अन्यमा धन्यवाद मन्तव्य राख्ने क्रममा उपप्रमुख सिर्जना बुर्लाकोटिले न्यायपरिषदको क्षेत्राधिकार र प्रगतिविवरण राख्दै सम्पुर्ण उपस्थित अतिथि , जनप्रतिनिधि , कर्मचारी , पत्रकार , जनसमुदाय लाई धन्यवाद दिएर कार्यक्रम सम्पन्न भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares